बेलायतकी महारानीलाई अस्ट्रेलियाकी सांसद थोर्पले ‘उपनिवेशवादी’ भनेपछि…

२०७९, १९ श्रावण बिहीबार

एजेन्सी– अस्ट्रेलियाकी आदिवासी सांसद लिडिया थोर्पले शपथ ग्रहणका क्रममा बेलायती महारानीलाई उपनिवेशवादी भनेपछि पुनः शपथ लिनु परेको छ।

बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई शपथका क्रममा सिनेटर थोर्पले उपनिवेशवादी भनेकी थिइन्।

शपथ लिने स्थानसम्म पुग्दा दायाँ हात माथि उठाउँदै मुठ्ठी कसेकी उनले भनिन्,‘म सम्प्रभु लिडिया थोर्प पूरा निष्ठा र इमान्दारीका साथ शपथ लिन्छु कि म बफादार रहँदै महारानी एलिजाबेथ द्वितीयको उपनिवेशप्रति सच्चा निष्ठा राख्दछु ।’

उनले यसो भनेपछि सभामुख सु लाइन्सले रोकिन् र शपथको व्यहोरामा लेखिएका शब्दमात्र बाचन गर्न भनिन् । त्यसपछि सिनेटर लिडिया थोर्पले फेरि शपथ लिनु परेको हो।

गत साता सांसदहरुको शपथ ग्रहणमा उनी अनुपस्थित भएकाले एक्लै शपथ ग्रहण गरेकी थिइन्। थोर्पले भिक्टोरिया राज्यबाट ग्रिन्स पार्टीबाट संसदमा प्रतिनिधित्व गर्छिन्। ९६ वर्षीया रानी एलिजाबेथ अस्ट्रे«ेलिया राज्यको प्रमुख हुन्छिन्। उनलाई साक्षी राखेर शपथ ग्रहण गर्ने गरिन्छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";