बालेनसँग मिलेर पार्टी खोल्ने चर्चामा रहेका हर्क साम्पाङलाई काठमाडौंमा भ्याई नभ्याई

२०८०, २७ मंसिर बुधबार

काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अहिले काठमाडौंमा छन्। उनी महानगरका विकासलगायतका कामका विषय लिएर उपमेयर अइन्द्रविक्रम बेघासहित काठमाडौं आएका हुन्।

सरकारी कामका लागि आए पनि उनलाई अन्य विषय र मिडियाका कारण भ्याई नभ्याई भएको छ। भर्चुअल क्षेत्रमा चर्चामा रहेका उनलाई युट्युवदेखि राष्ट्रिय टेलिभिजनसम्मले लखेटिरहेका छन्, अन्तरवार्ताका लागि।

कतिपयमा अन्तरवार्ता दिएका उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई समेत भेटेर फर्किने पक्षमा रहेका छन्। चर्चा र आलोचनामा रहेका हर्कले मिसन ०८४ भनेर राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको अभियानका विषयमा पनि केही टिप्पणी गरेका छन्।

उनले बालेनसँग मिलेर आगामी निर्वाचनसम्म पुग्दा पार्टी खोल्ने चर्चा थियो। युट्युवमा भाइरल रहेका पुण्य गौतमले विमानस्थलमा नै स्वागत गरेर उक्त काम गर्नका लागि सुझाव दिएका थिए।

श्रमदानका कारण चर्चामा रहेका हर्क कतिपय विषयमा भने विवादमा आउने गरेका थिए। तैपनि उनको चर्चा कम छैन।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";