अफताब आलम लोकप्रियताको कसीमा डा. फिरदोसको राजनीतिक ‘डेब्यु’ अर्थपूर्ण

२०७९, २७ आश्विन बिहीबार

रौतहट– तत्कालिन नेपाल कम्युनिस्ट पार्टीको सत्ता रहेका बेला षडयन्त्रपूर्वक राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमको लोकप्रियताको कसीमा उनका छोरा डा. फिरदोस आलम चुनावी मैदानमा उत्रिएका छन्।

सत्ता गठबन्धनका तर्फबाट अफताब आलमका लागि तय भएको रौतहट–२ बाट प्रतिस्पर्धा गर्दै फिरदोसले राजनीतिक डेब्यु गरेका हुन्। नेपाल प्रहरी अस्पतालमा यसअघि चिकित्सकका रुपमा रहेका उनी राजनीतिमा परिवारकै बिडो थाम्नेगरी मैदानमा उत्रिएका हुन्।

०४८ सालदेखि अफताब आलमले राजनीतिक रुपमा सफल यात्रा तय गरेको उक्त क्षेत्रबाट ०७४ सम्म जित निकालेका थिए। तर नेकपा सरकारको उपयोग गरी पछिल्लो चुनावमा पराजित भएका तत्कालिन नेकपा तथा हाल एमालेमा रहेका शैलेन्द्र साहको राजनीतिक प्रतिशोधको षडयन्त्रमा अफताब आलमलाई राजपुर बमकाण्ड गराएको भनी मिथ्या आरोपमा पक्राउ गरिएको स्थानीयको दाबी छ।

अदालती बयान सरकारी साक्षीसम्मले उक्त घटना हुँदै नभएको भनी बकपत्र गरे पनि सत्ताको आडमा आलमको राजनीतिलाई सिध्याउन केपी शर्मा ओली नेतृत्वको सरकारले दबाब दिएर पूर्पक्षका लागि थुनामा पठाएको स्रोतको दाबी छ।

यद्यपि, बाबुको राजनीतिक विरासतसहित परिवारले उक्त क्षेत्रमा निरन्तर गरिरहेको सामाजिक राजनीतिक लगनलाई पूर्णता दिन फिरदोसले पाइला चालेका हुन्। उनलाई अफताब आलमको ठाउँमा नेपाली कांग्रेसले उम्मेदवार बनाएको हो। कांग्रेसको क्षेत्रीय र जिल्ला समितिले पनि अफताब आलमको नाम सर्वसम्मतीले पठाएको थियो।

अफताबले टिकट नपाउने भएपछि कांग्रेसले फिरदोसलाई मैदानमा उतार्ने निर्णय लिएको थियो।

फिरदोस राजनीतिमा उत्रिनुलाई भने स्थानीयले नौलो मान्दैनन्। उनका जिजुबुवा, हजुरबुवादेखि नै परिवारका प्रायः सबै राजनीति र समाज सेवाको गतिविधिमा सक्रिय छन्।

हजुरबुवाको निधन भएपछि बाबु अफताब आलमले राजनीतिक डेब्यु गरेका थिए। उनले निरन्तर उक्त क्षेत्रमा निर्वाचनमा जित निकाल्दै आएका थिए। यहि उपक्रममा फिरदोसको डेब्यु भएको हो।

यसअघि उनका भाई डा. रजिक आलमले राजनीतिक यात्रा तय गर्दै सफलता हात पारेका छन्। स्थानीय तहको चुनावमा उनी राजपुर नगरपालिकाको मेयरमा निर्वाचित भइसकेका छन्।

अफताब आलम रहेका कारण प्रशासनिक, सामाजिक र अन्य काममा सहयोग पुग्दै आएको र यहि परिवारले नै निरन्तर राजनीतिमा अग्रगति लिने स्थानीयवासी बताउँछन्।

‘हामीले पाएका दुखमा यहि परिवारले सहयोग गरेका कारण निरन्तर जित पनि निकालिरहेको छ। जो जनतासँग हुन्छ, उसलाई जनताले जिताउने नै हो’, एक जना स्थानीय भन्छन्,‘अहिले प्रशासनको प्रयोग गरी अफताब आलमलाई फसाउने काम गरिएको छ, जनताले रजिकलाई जिताएर पहिलो उत्तर दिए अब फिरदोसलाई जिताएर त्यसको निर्णायक जवाफ दिनेछन्।’

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";