रौतहट–२ चुनाव : डा. फिरदोस आलमले यसरी जोगाउँदैछन् पूर्खाको राजनीतिक विरासत

२०७९, १ कार्तिक मंगलवार

काठमाडौं– मधेस प्रदेशको रौतहट–२ को चर्चाको मुख्य कारण हुन् निरन्तर अपराजित नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलम। देशैभरी कांग्रेस चुनावी परिणाममा खुम्चिँदा पनि आलमको बिजय यात्रालाई प्रभावित बनाएन बरु, कांग्रेसको साख जोगियो।

०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनले पनि पराजित गर्न नसकेका आलमलाई राजनीतिक प्रतिशोध लिनका लागि षडयन्त्रपूर्वक तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा झूठा आरोप लगाइयो।

हाल पूर्पक्षका लागि नख्खु कारागारमा रहे पनि आलमको राजनीतिक प्रभाव कमजोर छैन भने बिरासत धान्न उत्तराधिकारी पनि प्रभावकारी रुपमा अघि बढेका छन्।

जिजुबुवादेखिको राजनीतिक विरासतलाई हजुरबुवा र बुवाले पनि जोगाएका कारण त्यसलाई कायम राख्नका लागि चुनावी मैदानमा जनता समाजवादी पार्टी (जसपा) र एमाले गठबन्धनविरुद्ध सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै उक्त क्षेत्रबाट प्रतिनिधि सभा उम्मेदवारका रुपमा मैदानमा छन्, डा. फिरदोस आलम।

उनको जितमा जनताको साथ रहने प्रक्षेपण त स्थानीय निर्वाचनले देखाएको परिणाम पनि हो। राजपुर नगरपालिकामा उनका भाई रजिक आलमको ठूलो बिजय एउटा परिक्षण भएको विश्लेषकहरू बताउँछन्।

‘कतिपय स्वतन्त्र उम्मेदवार पनि मैदानमा छन्। तर, यो निर्वाचन क्षेत्र अफताब आलमको प्रभाव र सामाजिक योगदानका कारण चर्चित र अपराजित छ’, स्थानीय भन्छन्,‘अफताब आलम आफैं उठे पनि उनका छोरा उठे पनि प्रतिस्पर्धीले दह्रो मतान्तरमा पराजित हुनुपर्छ।’

नेपाल प्रहरी अस्पतालमा चिकित्सकका रुपमा कार्यरत रही राजीनामा दिएर राजनीतिक यात्रा तय गरेका फिरदोस अहिले घरदैलो र जनताबीच चुनावी एजेन्डाका साथ उभिएका छन्।

‘हामीलाई सामाजिक र राजनीतिक उत्तरादायित्व पूरा गरेका अफताब आलमको खाँचो थियो अब उनको सन्तानसहित युवा तथा चिकित्सक नै प्रतिनिधि बनाउने अवसर गुमाउने छैनौं’, सर्वसाधारण भन्छन्,‘यो हाम्रा लागि अर्को अवसर हो।’

मधेसविरोधी शक्तिका रुपमा रहेको एमालेसँगको सहकार्य जसपाका लागि भारी पर्दा पनि फिरदोसलाई चुनावमा जित निकाल्न सहज हुने अनुमान गरिएको छ। तर, त्यो भन्दा पनि महत्वपूर्णचाहिँ राजनीतिक विरासतको प्रभाव नै रहेको मान्छन् सर्वसाधारण।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";