सन्दिप लामिछानेविरुद्ध अदालतमा हुने मुद्दा दर्तामा कस्तो सजाय मागदाबी गरिएको छ?

२०७९, १४ कार्तिक सोमबार

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दिप लामिछानेविरूद्ध जिल्ला अदालत काठमाडौंमा सोमबार मुद्दा दर्ता गरिने भएको छ।

प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयलाई दिएको प्रतिवेदनका आधारमा एक नावालिग किशोरीलाई बलात्कार गरेको अभियोगमा लामिछानेविरुद्ध मुद्दा दर्ता गर्न लागिएको हो।

उनलाई १२ बर्षसम्मको कैद सजायको मागदाबीसहितको मुद्दा दर्ता हुन लागेको हो। सोमबार मुद्दा दर्ता हुनासाथ मंगलबारदेखि थुनछेक बहस सुरु हुनेछ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";