कांग्रेस सभापति देउवाले चश्मा लगाउन छाड्नुको कारण

२०८०, ३२ जेष्ठ बिहीबार

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही बर्षदेखि चश्मा लगाउन छाडेका छन्।

उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक जिम्मेवारी दिएर पत्नी आरजुसहित सिंगापुर गएका देउवाले ५ बर्षदेखि चश्मा लगाउन छाडेका छन्।

सिंगापुरमा आँखाको उपचार गरेपछि उनले चश्मा लगाउन छाडेको र सोहीको फलोअप चेकअपका लागि देउवा पत्नीसहित सिंगापुर गएको पारिवारिक स्रोतले जनाएको छ।

देउवा सचिवालयका अनुसार उनले आँखाका साथै पेटको समेत उपचार गरेर फर्किनेछन्। तर कतिपयले भने उनको सिंगापुर प्रस्थानलाई राजनीतिक अर्थका रुपमा पनि टिप्पणी गर्दै आएका छन्।

सचिवालयले भने देउवाको यो नितान्त स्वास्थ्य र निजी विषयसँग सम्बन्धित रहेको बताएको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";