सिंगापुरबाट फर्केको दुई दिनमा किन जापान उडिन् आर्जु राणा?

२०८०, १२ असार मंगलवार

काठमाडौं– विभिन्न विवादमा तानिँदै आएकी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी तथा प्रतिनिधि सभा सदस्य आर्जु राणा सिंगापुरबाट फर्केको दुई दिनमा नै जापान उडेकी छन्।

उनी सोमबार साँझ जापान गएको कांग्रेस स्रोतले जनाएको छ। देउवाको उपचारका लागि सिंगापुर गएकी उनी आफ्नो फलोअपका लागि जापान गएको बताइएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको नाम अगाडि आएको थियो। तर, त्यसमा कहिँ पनि संलग्नता सम्पर्क नभएको प्रतिक्रिया उनले दिँदै आएकी थिइन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";