काठमाडौंका ‘चोर जोडी’को डेस्टिनेशन अस्ट्रेलिया

२०८०, १४ असार बिहीबार

काठमाडौं– प्रहरी प्रश्न गर्दछ ‘चोरी किन गरेको?’ हिरासतमा रहेका काठमाडौंका एक जोडी भन्छन्,‘अस्ट्रेलिया जान।’

३९ वर्षीय सुबोध श्रेष्ठ र १९ वर्षीया रोशनी महर्जनको यो निरन्तरको धन्दा रहेको जिल्ला प्रहरी परिसर ललितपुरले पत्तो लगाएको थियो। ७ दिनको म्याद थपेर उनीहरूमाथि अनुसन्धान जारी छ।

सोल्टी सिटी अपार्टमेन्टको आठौँ तलाको ८०३ नम्बरको अपार्टमेन्टमा बस्ने यो जोडी दिनभरी चोरी गर्ने ठाउँको रेकी गर्दथ्यो र रात परेपछि मिशन सुरु हुन्थ्यो।

२८ जेठ २०७८ मा राति ललितपुर महानगरपालिका–९ मानभवनमा ओम प्रकाश प्रधानले सञ्चालन गरेको ग्लोबल लिङ्क टेक्नोलोजीमा भएको चोरीको अनुसन्धान गर्दै जाँदा सुबोध र रोशनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्धिविक्रम शाह बताउँछन्।

सुबोधले ग्लोबल लिङ्क टेक्नोलोजीको झ्याल फुटाएर काउन्टरबाट १ लाख ८ हजार नगद, कम्पनीको सीईओको कोठाबाट ३७ हजार नगद र डेल कम्पनीको ल्यापटप चोरी गरेको खुलेको थियो। यो जोडीले श्रृङ्खलाबद्ध चोरी गरेको खुल्दै गएको छ।

अपार्टमेन्टको मासिक ६० हजार भाडा पनि चोरी गरेको रकमबाट नै तिर्दै आएको खुलेको छ। ‘अरु कुनै पनि काम रहेनछ चोरी गरेर नै सबैथोक गर्दा रहेछन्’, अनुसन्धानमा खटिएको प्रहरी स्रोतले भन्यो,‘खाना पनि उनीहरूले पकाएर खाने गरेका रहेनछन्।’

ल्यापटप बनाउने काम गरेका सुबोधले पछिल्ला दिनमा चोरीको योजना बनाउन थालेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंले एक पटक पक्राउ गरी कारबाही गरेका उनी नौ महिना जेल बसेर निस्किएका थिए। चोरेको सामान उनले ‘हाम्रो बजार डटकम’ राखेर बेच्ने गरेका थिए।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";