प्रहरीभित्र राजनीतिः ‘कोभर्ट अप्रेशन’मा दिवेश लोहनी कहाँ चुकेका थिए? 

२०८०, २१ असार बिहीबार

प्रहरीभित्रका प्रकारान्तरका कथा थिए र छन्। कति हुँदै जानेछन्। एउटा प्रवृत्ति बसिसकेको अवस्थामा त्यसलाई चिर्ने मानक स्थापित हुन समय त लाग्ला नै।

तर, ३३ किलो सुन तस्करी प्रकरणबाट केही स्मरण गरौं।

३३ किलो सुन तस्करी प्रकरणमा मारिएको सनम शाक्य र योजनाकार चुडामणि उप्रेती गोरेको सम्बन्धको कथा पुरानो भइसकेको छैन। तर, यो प्रकरणले विमानस्थलबाट ३८ क्विन्टल सुन तस्करी भइसकेको बिगतलाई कोट्यायो।

‘चेन अफ कमाण्ड’मा चल्ने नेपाल प्रहरी राजनीतिक दलदेखि दलाल र पूजीँपति तथा व्यापारीको ईशारामा चल्दै आएको युगौं भइसक्यो।

नेतृत्व तहमा पुगेका संगठनका सदस्यले आफ्नोे कुर्सी जोगाउन तथा आफ्नो विरोधी, प्रतिस्पर्धीलाई तह लगाउन राजनीतिक दलदेखि दलाल र पूँजीपतिको शरणमा पर्ने परिपाटीले प्रहरी संगठन कमजोर हुँदै गएको जग जाहेर नै छ।

जति नै दूधले नुहाएको कुरा गर्ने नेपाल प्रहरी संगठनका सदस्यहरू पनि सरुवा–बढुवासम्मको लागि दलदेखि दलालसम्मका ढोका चाहार्दै आएका उदाहरण कम्ता छन् र!

कुन जिल्लामा कुन प्रहरी नायव उपरिक्षक (डिएसपी) र प्रहरी उपरिक्षक (एसपी)को सरुवा तथा कुन प्रदेशका कुन डीआईजीको सरुवा कुन दलको नेताको सिफासिर वा दलालको सिफारिस हो भन्ने कुरा प्रहरी संगठनप्रति चासो राख्ने हर व्यक्तिले प्रस्ट बुझ्ने कुरा हुन्।

नेताका सिफारिस नहुँदा दलको ढोका नचाहार्दा तथा दलालको वरिपरी नघुम्दा तत्कालिन प्रहरी नायव महानिरिक्षक (डिआईजी) उत्तम सुवेदी बढुवाको सूचीमा पछाडि परेका थिए। तैपनि उनी प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी)बनेर सेवा निवृत्त भए।

नेपाल प्रहरीको भावी प्रहरी महानिरिक्षक (आईजी)का रुपमा विगतदेखि हेरिएका सुवेदीको यात्रा एआईजीसम्म मात्र रहन पुग्यो।

व्याच मेट्समा उनी ८ नम्बरका डिआईजी थिए। नेपाल प्रहरीको सेवा प्रवेशदेखि नै सुवेदी, धिरजप्रताप सिंह र दिवेश लोहनी मध्ये एक जनालाई भावी आईजीका रुपमा हेरिएको थियो। सिंह अनेक उतारचढाव र कथाकुञ्ज सकेपछि आईजी भए।

सुवेदी बढुवामा पछाडि परे, ३३ किलो सुन काण्ड र सनम शाक्य हत्या काण्डले लोहनीको बढुवामै ब्रेक लाग्यो।

शक्ति केन्द्रको पहुँचमा हाईजम्म हानेर विश्वराज पोखरेल अरु भन्दा ८ महिना अगाडि डिआईजी र डेढ बर्षअघि एआईजी बन्दा पनि आईजी बन्न सकेनन्।

चितवन, काभ्रे, अपराध महाशाखामा उत्कृष्ट कार्य गरेपछि दोस्रो बढुवामा सहकुल थापाले लङजम्म हानेका थिए।

आईजीका रुपमा हेरिएका तथा नेपाल प्रहरीमा व्यावसायीक छवी बनाउन सफल भएका दिवेश लोहनी ३३ किलो सुन काण्ड र सनम शाक्य हत्या काण्डमा कसरी फँसे या फँसाईयो भन्ने कुराको चिरफार गरौं।

लोहनीलाई नेपाल प्रहरी संगठनमा एक निडर व्यावसायीक प्रहरी अधिकृतका रुपमा लिईन्थ्यो। ३३ किलो सुन काण्डमा उनलाई जबरजस्ती फसाईएको समाचारहरू नआएका होइनन्।

आर्थिकको मामालामा उनलाई कसैले आक्षेप लगाउने ठाँउ थिएन। यस्ता कुरामा उनी किलियर थिए, संगठनका हर सदस्यको भनाई छ।

तर प्रश्न ३३ किलो सुन र सनम हत्या काण्डसँग जोडिन्छ। अनुत्तरित प्रश्नहरू के हुन्?

३३ किलो सुनकाण्डसँग जोडिएको सनम शाक्य हत्या प्रकरणका ‘कोभर्ट अप्रेशन’मा उनी र उनको टिम कहाँ र कसरी चुके भन्ने कुरा हर सदस्यको खोजीनीतिको बिषय बन्यो। के नेतृत्वको कमजोरीको कारणले लोहनीको करिअरमा बे्रक लागेको थियो त?

यद्यपि उनी पनि एआईजी बनी घर फर्किए।

तत्कालिन प्रहरी नेतृत्व प्रकाश अर्यालयको पालामा सुरु भएको ३३ किलो सुन र सुनसँग जोडिएको शाक्य हत्या काण्डको छानबिन गृह मन्त्रालयले सुरु गर्यो। तर यस काण्डमा मुछिएकाले दोष नेतृत्वको थाप्लोमा हाल्दै आफू पानी माथिको ओभानो बन्न खोजेको जस्तो देखाइयो। दोष पनि अर्यालपछि र्आइजी बनेका सर्वेन्द्र खनाललाई?

जतिखेर खनालले आईजीको फूली लगाए त्यसबेला उक्त काण्डको अनुसन्धानले बाटो लिई सकेको थियो। ३३ किलो सुन कहाँ गयो? कसले छिरायो? सुन काण्डका नाईके चुडामणि उप्रेती उर्फ गोरेसँग क–कसले कमिशन खान्थे? यी प्रसङहरू पनि नउठेका होइनन्।

लोहनी र उनको टिमको चिनजान गोरेसँग घटना अगाडि थियो कि थिएन भन्ने मूल प्रश्न माथि चर्चा भयो।

तत्कालिन समयमा अपराध महाशाखाकै भनाईलाई अध्यन गर्ने हो भने, महाशाखालाई सूचना आयो, मोरङतिर एउटा समूहले एक व्यक्तिको हत्या गरेर शव गाडीमा बोकेर यताउता गरी रहेको छ।

घटना सुनसरीतिरको थियो। सनम शाक्य हराएको तथा अपहरण परेको उजुर बाजुर महानगरीय प्रहरीमा कतै परेको थिएन। अपराध महाशाखाको काम भनेको उपत्यकामा घटेको घटनाको अनुसन्धान तथा रोकथाम हो। तर एक नम्बर प्रदेशमा प्रहरी नै नभएको झैं गोरेलाई पक्राउ गर्न अपराध महाशाखाबाट टिम खटियो। प्रहरीको सेटिङमा गोरे शबको व्यवस्थापन गर्न खोज्दै थिए भने महाशाखा गोरेको ईन्काउन्टरको तयारीमा थियो।

यी कुराहरू तत्कालिन समयमा सार्वजनिक भएको फोन र भिडिओ रेकर्डबाट पुष्टि भईसकेको छ। गोरेले सनम शाक्यको अपहरणपछि करेन्ट लगाएर हत्या गरेको त भिडिओ नै आयो।

गोरेलाई फकाएर ईन्काउन्टर गर्न खोजेको जस्तो आशय पनि त्यतीबेला सार्वजनिक भएको फोन रेकर्डबाट बुझ्न सकिन्छ। त्यसो त गोरे किन कलकत्ता भाग्यो? भन्ने प्रश्नको सेरोफेरोले पनि धेरै चिजलाई संकेत गरेकै थियो।

अण्डरकभर अप्रेशनको टिममा खटिएका अथवा पहिलो सूचना पाएका सई बालकृष्ण सञ्जेलले गोरेको श्रीमतीलाई दिएको आश्वासन र मुद्दाको थप अनुसन्धानले पुष्टि गर्छ

महाशाखाका तत्कालिन एसएसपी लोहनीले तत्कालिन कार्यवाहक आईजीको जिम्मेवारी पाएका एआईजी बमबहादुर भण्डारीलाई गरेको रिपोर्टिङले पनि गोरे ईन्काउन्टरको ग्रिन सिग्नल पाएको छ। तर लोहनीको अण्डरकभर अप्रेशनलाई चक्मा दिई गोरे फरार भए।

अण्डरकभर अप्रेशनको टिममा खटिएका अथवा पहिलो सूचना पाएका सई बालकृष्ण सञ्जेलले गोरेको श्रीमतीलाई दिएको आश्वासन र मुद्दाको थप अनुसन्धानले पुष्टि गर्छ।

सञ्जेलले गोरे काबुमा नपरेपछि भनेको छ, ‘भान्जी (गोरेको श्रीमती) हामीले हाम्रो तर्फबाट भान्जालाई बचाई दिएका छौं। सर (तत्कालिन डिएसपी प्रजित केसी) म सँगै छौ, भान्जा आएको भए अझ राम्रो हुन्थ्यो, हाम्रो तर्फबाट पूर्ण सहयोग छ, तर ति पक्राउ परेका मान्छेले नाम पोल्दे भने हाम्रो केही लाग्दैन। भान्जालाई त्यही भनिदिनू।’

शव प्रहरीले बरामद गरी घटनास्थल मुचुल्का गरी जिल्ला प्रहरी कार्यालय मोरङलाई प्रतिवेदनसहित घटनामा संलग्न दुई व्यक्ति र शव बुझाई सकेपछिको कल रेकर्डमा उल्लेख भएका कुरा हुन् यी।

३३ किलो सुन काण्डलाई यहिले थाँतीमा राखौं।

सनम शाक्य हत्या घटनाका मुख्य नाईके गोरे भन्ने सबै प्रमाणबाट पुष्टि भई सकेपछि गोरेलाई फरार प्रतिवादी कायम नगरी सार्वजनिक गरिएको प्रेस रिलिज र घटनास्थल प्रतिवेदनमा घोत्लिँदा गोरेलाई नियोजित रुपमै बचाउन खोजेको देखिन्छ। जुन आश्वासन फोनमा सञ्जेलले दिन्छन् मुद्दाको थप अनुसन्धान पनि सोही अनुरुप हुन्छ।  के मुख्य अभियुक्तलाई बचाउनु ‘अण्डरकभर अप्रेशन’ हो?

गोेरेको अपराध नै लुकाउने कस्तो अप्रेशन थियो? भोलीका दिनमा गोेरे पक्राउ परे कसरी मुद्दा चल्छ? गोरेको श्रीमतीलाई भने बमोजिम मुद्दाको प्रतिवेदन तयार पार्ने, अपराधीलाई उम्काउने काममा आफू सक्रिय हुने अनि दोष प्रहरी नेतृत्वलाई?

थुनामा रहेका अन्य प्रतिवादीले गृहमन्त्रालयमा तीन पेज लामो घटनाको विवरणसहित उजुरी नगरेको भए गोरेले यतिखेर सुनको हात्ती नै विमानस्थलबाट छिराई सक्थ्यो होला।

३३ किलो सुन तस्करी प्रकरणमा अपराध महाशाखाको तत्कालिन प्रमुख लोहनी र फिल्ड कमाण्डर प्रजित केसीसँग शाक्य हत्या अगाडि चिनजान थियो भन्ने आँकलन त गरिन्न। तर सई सञ्जेलको बोलावटी मामा–भान्जाको सम्बन्ध भएको पुष्टी घटनाक्रमले देखाई सकेको थियो। व्यक्तिको हत्या गरेर एक बाहलवाला प्रहरीलाई शवको व्यवथापन गर्नका लागि आदेश दिने हत्याराको आँटले सम्बन्धको गहिराई मापन गर्न सकिन्छ।

यद्यपि यस प्रकरणमा अदालतको आदेशले प्रहरीहरू पूर्वजिम्मेवारीमा फर्किसकेका छन्। तर, करिअरको स्पिडमा भने अल्पविराम त लागेकै थियो।

(अर्काइभबाट)

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";