रहिनन् प्रधानमन्त्री प्रचण्डपत्नी सीता दाहाल, २ बजे अन्त्येष्ठि

२०८०, २७ असार बुधबार

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको बुधबार बिहान निधन भएको छ।

स्वास्थ्य बिग्रिएपछि बिहान नर्भिक अस्पताल लगिएकी सीताको उपचारका क्रममा निधन भएको थियो। प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिनका लागि उच्च तहका नेता कर्मचारी अस्पताल पुगेका थिए।

बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि सीताको पार्थिव शरिर राखिने बताइएको छ। २ बजे अन्त्येष्ठि गरिनेछ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";