के गगन थापा फेरि संसदीय दलको चुनाव गराएर निर्वाचित हुन सक्लान्?

२०८०, ३१ असार आईतवार

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापा नीति महाधिवेशन गराउँदै संसदीय दलको पुनःनिर्वाचनको पक्षमा उभिएका छन्। अघिल्लो पटक सभापति शेरबहादुर देउवासँग पराजित भएका थापा पुनःनिर्वाचन गराउने मुडमा छन्। उक्त मनसाय उनले शनिबार मात्र प्रकट गरेका थिए।

संसदीय दल र केन्द्रीय समितिमा पनि बहुमतमा रहेका सभापति देउवाविरुद्ध त्यस्तो जनमत तयार भएको खण्डमा पुनःनिर्वाचन हुने सम्भावना छ। तर, आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका देउवाले थापाको यो मागलाई पूरा हुन दिने सम्भावना देखिँदैन।

थापालगायत कांग्रेसभित्र नयाँ पंक्तिले सभापतिलगायत उमेर पुगेकाले नेतृत्व छाड्नुपर्ने बताउँदै आएका छन्। यहि मेसोमा पुनः संसदीय दलको निर्वाचनका लागि नीति महाधिवेशनको चर्चालाई उठाइएको छ।

नीति महाधिवेशन नभई सभापति देउवा पक्ष भने महासमिति बैठक डाक्ने तयारीमा रहेको छ। महासमितिमा पनि देउवा पक्ष नै बहुमतमा रहेका कारण थापाको माग तत्कालका लागि पूरा हुने सम्भावना नरहेको नेताहरु बताउँछन्।

उनको मागलाई तत्कालका लागि सभापतिमा पराजित शेखर कोइरालाले नै पनि ठूलो महत्वका साथ लिएका छैनन्। देउवाले कोइरालालाई बरिष्ठ नेतामा लगेर थापाको योजनालाई सिथिल बनाउन सक्ने सम्भावना पनि केलाइएका छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";