आजदेखि कांग्रेस केन्द्रीय समितिः युवाभन्दा एक कदम अगाडि देउवा, कसरी?

२०८०, २ श्रावण मंगलवार

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजदेखि सानेपास्थित पार्टी कार्यालयमा सुरु हुने भएको छ। बैठक विभिन्न १० एजेन्डामा केन्द्रित हुने बताइएको छ।

झन्डै एक बर्षपछि हुन लागेको बैठक पार्टी सभापति शेरबहादुर देउवाको मनोगत चाहनाका आधारमा सरिरहेको आरोप लागेको थियो। विधानअनुसार दुई महिनामा एक पटक बैठक गर्नुपर्छ।

बैठकमा समसामयिक विषय, सांगठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, कार्यसम्पादन समिति बैठकबाट यसअघि भएका निर्णयहरु अनुमोदन गरिनेगरी छलफल हुनेछ।

यसैगरी, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन, नीति अधिवेशन सम्बन्धी प्रस्ताव, विभाग गठनसम्बन्धी प्रस्ताव, एउटा अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी प्रस्ताव बैठकमा पेस हुनेछन्।

यस्तै,  प्रतिनिधि सभा बैठकमा पार्टीको भूमिकाबारे संसदीय दलका प्रमुख सचेतक रमेश लेखकको जानकारी, सरकारमा पार्टीको भूमिकाबारे उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको जानकारी केन्द्रीय समितिले सुन्नेछ।

यो बैठकमा युवा महामन्त्री र अन्य नेता भन्दा पनि अझ लोकतान्त्रिक देखिनका लागि सभापति देउवाले प्रस्ताव गरेका थिए। डिजिटल युग रहेका कारण उनले बैठकको प्रत्यक्ष प्रशारणको प्रस्ताव गरेका थिए। तर, यसमा युवा नै सहमत नदेखिँदा निर्णय भइसकेको छैन। यसहिसाबले देउवा युवा भन्दा पनि एक कमद अगाडि देखिन खोजेका थिए।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";