‘१५५ किलो’ सुन तस्करीः यथार्थ एकातिर, मिडिया कतातिर?

२०८०, ६ श्रावण शनिबार

काठमाडौं– त्रिभुवन विमानस्थलमा भन्सार नै कटाएर आएको तस्करीको सुन सिनामङ्गलमा राजश्व अनुसन्धान विभागले जफत गर्दै नियन्त्रणमा लिएको प्रकरणको खास तथ्यगत जानकारी सार्वजनिक हुन नै बाँकी छ।

प्रारम्भिक र अनुमानित तथ्याङ्कका आधारमा सुरुमा एक सय किलो र पछि १५५ किलो भनी मिडियामा प्रचारमा आएको जफत सुन राष्ट्र बैंक त पुगेको छ तर शुक्रबारसम्म तौल हुन बाँकी रहेको थियो।

सरकारले निर्णय गरेपछि उक्त सुन गलाएर तौल गरिने राष्ट्र बैंकले जनाएका विवरण सार्वजनिक भएका छन्। यस प्रकरणमा चार जनालाई नियन्त्रणमा लिइएको तथ्य सार्वजनिक भएको थियो। तर, राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार सुन तस्करी प्रकरणमा एक चिनियाँ र एक तिब्बती मूलका भारतीय नागरिकसहित १० जना पक्राउ परेका छन्।

यस प्रकरणमा उच्च तहको राजनीतिक र व्यावसायीक संलग्नताको आशंका गरिए पनि यसको यथार्थ अहिलेसम्म खुलीसकेको छैन, तर कतिपय मिडियाहरूले भने आम जनतामा तथ्यभन्दा पर गएर सूचना जारी गरिरहेका छन्।

मिडिया किन तथ्यभन्दा पर?

सुन तस्करी संगठित अपराध पनि भएकाले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र उपत्यका अपराध महाशाखाबाट छानबिन अगाडि बढाउने तयारीमा छन्। उनले यहि टिप्पणी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर गरेका थिए।

अनेकथरी मिडियाले यो प्रकरणको गहिरो तथ्यभन्दा पनि विभिन्न पक्षका मानिसलाई तानेर टिप्पणी गर्न लगाइरहेका छन्। जहाँ सम्भावनाका विषयमा व्यक्तिलाई तान्दा व्यावसायी दीपक मल्होत्राले पत्रकार सम्मेलन गरी खण्डनसम्म गरेका छन्।

अर्कातिर विभिन्न टेलिभिजन शोमा यस विषयको अनुसन्धानका जानकार भन्दा पनि राजनीतिक पृष्ठभूमीका व्यक्तिलाई ल्याएर तेर्साइने प्रश्नले दलीय अभिष्टका आधारमा उत्तर आउँदा पनि आम जनता रनभुल्लमा परेका छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";