इलाका प्रहरी कार्यालय भिमगिठे इन्चार्ज सई पौडेल मृत भेटिए

२०८०, ९ श्रावण मंगलवार

काठमाडौं– इलाका प्रहरी कार्यालय भिमगिठे बाग्लुङका इन्चार्ज प्रहरी नायव निरिक्षक (सई) उज्वल पौडेल मृत भेटिएका छन्।

बडिगाड गाउँपालिका–६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

अनुसन्धानका लागि होटेलकी साहुनी र छोरालाई प्रहरीले नियन्त्रणमा राखेको छ। होटल साहुनीका छोराले डोरी काटेर वडाध्यक्षलाई खबर गरेका थिए।

घटनास्थलमा रहेका बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वनका अनुसार घटना सोमबार राति साढे १२ बजेतिरको हो । घटना भएपछि होटेल सञ्चालकले १ बजेतिर वडाअध्यक्षलाई फोन गरेर जानकारी गराएका थिए।

जिल्ला सदरमुकामबाट इप्रका रहेको बडिगाड–७ सम्मको दूरी ७० किलोमिटर रहेको छ भने त्यहाँबाट घटनास्थल ४ किलोमिटरको दूरीमा रहेको उपाध्यक्ष वनले बताए।

हत्या भएको हो कि आत्महत्या नै भन्नेचाहिँ पोस्टमार्टम रिपोर्ट आएपछि मात्र थाहा हुनेछ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";