सुन तस्करी काण्डमा जबरजस्त तान्न खोजिएका मल्होत्राः शंका र सम्भावना समाचार होइन!

२०८०, १० श्रावण बुधबार

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भई बाहिरिएको १५५ किलो सुन जफतपछि विभिन्न प्रकारका चर्चा छन्। पक्ष, प्रतिपक्ष र सरकारले यस विषयमा आ–आफ्ना तर्क राख्दै आइरहेका छन्।

तर, यसको अर्को पाटो भने भयानक देखिएको छ। कुनै समय सुन कारोबारी रहेका व्यावसायी दीपक मल्होत्रा दैनिक जसो मिडियामा प्रष्टीकरण दिँदै आइरहेका छन्। कारण हो, यो सुन तस्करीमा उनको संलग्नताको आशंका र सम्भावना जोडिएको छ।

यहि प्रसङ्गमा उनले आफ्नो प्रतिरोधका लागि पत्रकार सम्मेलन गरेका थिए।

‘भन्सार जाँचपास भएर बाहिरिएको सुन ट्याक्सीबाट बरामद भएकोसम्बन्धी एक समाचारमा मेरो तस्बिरसहित संलग्नता रहेको भन्ने कपोकल्पित, भ्रामक, तथ्यविनाको प्रसंग उल्लेख गरियो’, उनले भनेका थिए,‘समाचारमा लेखिएजस्तो यो विषयमा मेरो कुनै पनि संलग्नता नभएको र प्रकाशित समाचारमा मसँग सम्बन्धित विषयहरु सत्य नभएको, भ्रामक र कपोकल्पित रहेको जानकारी गराउँछु।’

परिवारका सबै सदस्यहरुको व्यवसायिक कारोबारहरु नेपाल कानुन बमोजिम स्थापना भएका निकाय मार्फत हुने गरेको उनले बताएका थिए।

एकाएक उक्त सुन तस्करी प्रकरणमा आशंकाको हवाला दिँदै मल्होत्रालाई तानियो। यो सुन प्रकरणमा उनी संलग्न छन् या छैनन् भन्ने विषयमा अनुसन्धान गरिरहेको निकायले कुनै पनि सूचना दिएको छैन। अर्थात् उनको कारोबारका विषयमा पूर्वानुमान गरी शंका र सम्भावनालाई समाचारमा जोडिनु अस्वभाविक देखिन्छ। विश्व नै हल्लाउन सक्ने यो प्रकरणमा त झन् एउटा व्यक्तिको ‘व्यावसायीक हत्या’ जस्तै ठहर्छ, आशंका हवालामा समाचार लेख्दा।

समाचारको सिद्धान्तले पनि आशंका र सम्भावनालाई ‘समाचार’ भन्न नमिल्ने स्पष्ट भनेको छ। मल्होत्रा यसमा जोडिन्छन् जोडिँदैनन् पछि त्यो अलग पाटो भयो। तर, तत्कालिक अवस्थामा उनीबारे लेखिएको विषयबस्तु समाचार होइन। यसलाई पुष्टि गर्नका लागि आगत र विगतका उनका विभिन्न विषयलाई पनि उल्लेख गरिएको छ, त्यो पनि समाचारीय हिसाबमा बाञ्छनीय मान्ने आधारचाहिँ छैन।

उनको संलग्नताको आशंका कुनै मिडियाले भन्दा पनि नियामक अनुसन्धान गरिरहेको सरकारी निकायले गर्ने विषयबस्तु भयो। न उनीमाथि छानबिन भएको छ, न कुनै निकाय बोलेको छ, यस्तो स्थितिमा त्यो कसरी समाचार बन्न सक्छ? तत्कालका लागि मिडिया हाउसको ‘नियत’ले काम गरेको टिप्पणी उपयुक्त हुन्छ।

सामाजिक सञ्जाललगायतले मल्होत्रालाई सोही समाचारका कारण तस्कर मात्र बनाइसकेको छैन, अपराधी नै बनाइसकेको छ। यसले पारेको नैतिक, सामाजिक क्षतीको जिम्मेवार को बन्नुपर्ला?

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";