सीमा सुरक्षामा सशस्त्र आईजी अर्यालको नयाँ फड्को, अपराध नियन्त्रणमा नजर

२०८०, १८ भाद्र सोमबार

काठमाडौं– भारत र चीनसँगका दुवै सीमा क्षेत्रको सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरीले केही नयाँ कामलाई व्यवाहारमा उतारेको छ। सशस्त्र प्रहरी महानिरिक्षक (आईजी) राजु अर्यालले तय गरेको रणनीतिका आधारमा सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि पनि सशस्त्र प्रहरीले औपचारिक रुपमा डेस्क स्थापना गरेको छ।

मानिसहरूले सीमा सुरक्षाको बारेमा धेरै फरक तरिकाले सोच्छन्, तर यो धेरै सरल छः सीमा सुरक्षा राष्ट्रिय सुरक्षा हो भन्ने ठानेर आईजी अर्यालको प्रयासमा सशस्त्रले सीमा क्षेत्रमा केही नयाँ आयाम स्थापित गर्न खोजेको हो। भारत र चीनसँग सीमा जोडिएका क्षेत्रमा आवतजावत गर्नेका लागि सहायता कक्ष खोलिएका छन्। जसले सीमा क्षेत्रमा हुने सानादेखि ठूला समस्यामा सशस्त्र प्रहरीका अधिकारीले परामर्श पनि दिनेछन्।

सशस्त्र स्रोतले भन्यो,‘भारततर्फ ६५ र चीनतर्फका तीन नाकामा गरी ६८ वटा सहायता कक्ष स्थापना गरिएको छ। चाडपर्वको वेलामा मात्र सीमानाकामा सहायता कक्ष सञ्चालन हुने परम्परा तोड्दै स्थायी गरिएको छ।

महेन्द्रनगर, धनगढी, नेपालगन्ज, भैरहवा र वीरगन्जमा भने छुट्टै कक्ष नै बनाएर यस्तो सेवा थालिएको छ । यी नाकाबाट रोजगारीका लागि ठूलो संख्यामा नेपालीहरु भारततर्फ जाने र भारतबाट नेपाल फर्कने गर्छन्। भारततर्फ दुई सय ४३ तथा चीनतर्फ सशस्त्र प्रहरी बलका आठ बोर्डर आउट पोस्ट (बीओपी) छन्।  मुख्य नाकाहरूमा सहायता कोष नै बनाएर सीमामा समस्यामा परेका नागरिकलाई सहयोग गर्ने सशस्त्र प्रहरीको योजना छ ।

सशस्त्र प्रहरी बलले सीमा अपराध अभिलेख शाखा स्थापना गरेको छ । यो अपराध नियन्त्रणमा टेवा पुग्नेगरी सञ्चालनमा ल्याइएको हो।सीमापार अपराधको अभिलेख राखी विश्लेषण गरी सुरक्षा रणनीति बनाउन सो शाखाको स्थापना भएको सशस्त्र प्रहरी बलले जनाएको छ । एसपीको नेतृत्वमा हुने सो शाखाअन्तर्गत मानव बेचबिखन तथा ओसारपसार, जैविक अपराध, हातहतियार तथा खरखजाना र लागुऔषधसम्बन्धी अपराधको छुट्टाछुट्टै तथ्यांक राखिने र मासिक रूपमा विश्लेषण गरिने सशस्त्र प्रहरीले जनाएको छ।

यसले सीमामा हुने अपराध कार्यमा ठूलो न्यूकरण मात्र नभएर नियन्त्रण पनि हुन सक्ने विश्लेषण गरिएको छ। सशस्त्रको नेतृत्वमा आईजी अर्याल आएपछि भएका यी विशेष काम हुन्। कतिपय योजना अहिले प्लानिङमा पनि रहेका छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";