बालेन सचिवालयको विज्ञप्ति झूठको पुलिन्दा, अनुमति नलिएको सवारी चलाइएको रहेछ!

२०८०, १८ भाद्र सोमबार

काठमाडौं– आवेगमा आएर सिंहदरबारमा आगो लगाउँछु भन्ने काठमाडौंका मेयर बालेन्द्र साह (बालेन) सचिवालयले जारी गरेको विज्ञप्ति झूठको पुलिन्दा रहेको खुल्न थालेको छ।

काठमाडौंका मेयर बालेन साहले आफ्नी श्रीमती चढेको गाडी प्रहरीले रोकेकोबारे दाबी गरेको दुई वटा विषय प्रहरीसहित जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि खण्डन गरेको छ।

सुत्केरी अवस्थामा रहेकी सविना काफ्ले सवार गाडीलाई शनिबार राति प्रहरीले जाँच क्रममा रोकेको आक्रोश बालेनले पोखेका थिए भने त्यसलाई कभर गर्न सचिवालयले अर्को विज्ञप्ति जारी गरेको थियो।

विज्ञप्तिमा मानवीय संवेदनशीलता ख्याल नराखी गाडी करिब ७ मिनेट सडक किनारामा राख्न लगाएको उल्लेख छ। तर प्रहरीले भने त्यो गाडी डेढ मिनेटभन्दा बढी नरोकिएको दाबी गरेको छ।

त्यस्तै सवारी चालकले बिदाको दिनमा सरकारी गाडी चलाउनका निम्ति अनुमति लिएको तर कागजात नबोकेको विज्ञप्तिमा उल्लेख छ। तर, जुन गाडी प्रयोग गरिएको छ त्यसका लागि जिल्ला प्रशासन कार्यालयबाट विदाका दिनमा चलाउन अनुमति नलिएको स्वयम् प्रमुख जिल्ला अधिकारी (सीडीओ) जितेन्द्र बस्नेतले बताएका छन्।

तर मानवीयताको हिसाबले सामान्य सोधपुछ गरेर मेयरकी श्रीमति चढेको गाडी छाडिएको थियो। तर यस विषयलाई बालेनले बबन्डर बनाए।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";