नाम जोडेकोमा हङकङबासी उप्रेती र अम्बाला ग्रुपको आपत्ति, यस्तो छ विज्ञप्ति

२०८०, २४ भाद्र आईतवार

काठमाडौं– अभियन्ता दुर्गा प्रसाईँलाई निमन्त्रणा गरी सञ्चालन गरेको एउटा कार्यक्रमको विषयमा भ्रमपूर्ण चर्चा गरेको भन्दै हङकङस्थित अम्बाला ग्रुप, एसी एक्स्प्रेस कार्गोका सञ्चालक तुलसी उप्रेतीले आपत्ति जनाएका छन्।

एक विज्ञप्ति जारी गरी उनले हुन्डी कारोबारीको घेरामा दुर्गा प्रसाई भनी समाचार प्रकाशित गर्दा आफ्नो नाम जोडेको र कम्पनीलाई पनि असर गर्नेगरी प्रचार गरेको भनी आपत्ति जनाएका हुन्।

आइतबार विज्ञप्ति जारी गरी उनले भनेका छन्,‘सूचना विभागमा ३०४६÷२०७८–७९ मा दर्ता भएको ‘आर्थिक दैनिक डटकम’ नामको अनलाइन समाचार पोर्टलमा ‘दुर्गा प्रसाईँ हङकङमा हुन्डीवालाको घेराबन्दीमा!’ शीर्षकको समाचारप्रति ध्यानाकार्षणसहित आपत्ति जनाउन चहान्छु।’

हङकङबाट तस्करीको सुन भित्रिएको विषय छानबिनको दायरामा गएपछि सुन तस्करीमा संलग्न रहेको आशंका गरिएका हुन्डीवालाहरूले स्वागत गरेको भन्ने विवरणसहितको समाचारमा मुबोली भान्जाको हवाला दिँदै तुलसी उप्रेती र कम्पनीको नामसहितको ब्यानर राखेर चरित्र हत्या गरिएको उप्रेतीको आरोप छ।

सार्वजनिक कार्यक्रममा को कहाँ कसरी आउँछ भन्ने जानकारी नहुने उल्लेख गर्दै उप्रेतीले नेपाली समुदायसँगको संवादको विषयलाई अनावश्यक जोडिएको जनाएका छन्। ‘हङकङमा रहेका नेपालीका लागि सार्वजनिक उपस्थितिको सहजता रहँदा कार्यक्रममा को आए वा आएनन्, कसको काम के हो भन्ने विषयमा आयोजकले खोजीनीति राख्ने कुरा आएन। तर, हुन्डीवालाको घेराबन्दी भनी नाम र तस्बिरसहित अम्बाला ग्रुप अफ कम्पनी र एजी एक्सप्रेस कार्गो हङकङ’को बदनाम गर्ने बदनियतका साथ समाचार प्रकाशित गरिएका कारण मेरो व्यक्तिगतसहित संस्थागत क्षति भएको छ।’

यस्तो छ विज्ञप्ति

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";