विश्वकपकी चर्चित अनुहार

२०७५, १ श्रावण मंगलवार

काठमाडौं । विश्वकप फुटबल २०१८ को एउटा सुन्दर तथ्य बनिदियो क्रोएसीयाकी राष्ट्रपति कोलिंदा ग्रेबर कित्रोविकको उपस्थिति । विश्वकी हट राष्ट्रपति मानिने उनको खेलप्रतिको लगावमात्र होइन, खेलाडीलाई दिएको सान्त्वना, जितमा खुसी र हारमा उदासी पनि चर्चित भयो ।

कोलिंदा क्रोएसीयाकी पहिलो महिला राष्ट्रपति हुन् । जो दर्शकदिर्घामा बसेर निरन्तर विश्वकप फुटबल प्रतियोगितामा खेलाडीलाई उत्साह भर्न पछि परिनन् । फ्रान्सका राष्ट्रपति इम्मानुएर म्यांक्रो र आयोजक रसियाका राष्ट्रपति भ्लादिमर पुटिनको भन्दा उनको चर्चा चुलियो ।

१९ फेब्रुअरी २०१५ मा राष्ट्रपति निर्वाचित भएकी कोलिन्दाले १९९६ मा जैकव कित्रोविकसँग बिहे गरेकी थिइन् । उनका दुई सन्तान छन् । २००५ देखि २००८ सम्म उनी क्रोएसीयाकी विदेश मन्त्री समेत बनिसकेकी थिइन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";