ट्रम्पकी पूर्वप्रेमिका पोर्नस्टार ड्यानियल्सलाई धम्की

२०७४, १२ चैत्र सोमबार

लसएञ्जलस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग १२ वर्षअघि यौन सम्बन्ध रहेको बारे नबोल्न भन्दै आफूमाथि धम्की आएको पोर्न फिल्म अभिनेत्री स्ट्रोमी ड्यानियल्सले बताएकी छन् । वास्तविक नाम स्टेफानी क्लिफोर्ड रहेकी स्टेफानी र ट्रम्पबिच सन् २००६ मा सम्बन्ध कायम भएको सार्वजनिक भएपछि ट्रम्पको आलोचना हुँदै आएको छ । त्यसबेला ट्रम्पको मिलानिया ट्रम्पसँग विवाह भइसकेको थियो ।

प्रथम महिला मिलानिया ट्रम्प र छोरा ब्यारेनका साथ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । सिबिएस न्युजसँगको कुराकानीको क्रममा स्ट्रोमीले आफूलाई सन् २०११ मा एक अपरिचित व्यक्तिले लस वेगासमा ट्रम्पसँगको सम्बन्धको बारेमा नबोल्न भन्दै धम्की दिएको बताएकी हुन् ।

ती व्यक्तिले ट्रम्पसँगको सम्बन्धका बारेमा बोलेमा आफ्नो छोरीमाथि खतरा हुने चेतावनी दिएका स्ट्रोमीको भनाई छ । ट्रम्पले भने स्ट्रोमीसँग आफ्नो कुनै किसिमको सम्बन्ध नरहेको बताउँदै आएका छन् । ट्रम्पका वकिलले सन् २०१६ को राष्ट्रपति चुनावअघि भएको सम्झौताको उल्लंघन भएको भन्दै २० मिलियन अमेरिकी डलर क्षतिपूर्तिको माग गर्दै आएका छन् । तर स्ट्रोमीले भने ट्रम्पका वकिलले गरेको दाबी अवैध रहेको बताएकी छन् ।

स्ट्रोमीले आफू र ट्रम्पबिच एक पटक मात्रै यौन सम्बन्ध भएको बताएकी छन् । सन् २००६ को जुलाइमा क्यालिफोर्नियाको लेक टाहोइमा भएको गल्फ टुर्नामेन्टको सेलिब्रेसन स्वरुप होटलको कोठामा आफू र ट्रम्पबिच यौन सम्बन्ध कायम भएको उनले बताएकी छन् । ट्रम्पले सन् २००५ मा मिलानियासँग विवाह गरेका थिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";