‘नालापानी’को विशाल प्रदर्शन अस्ट्रेलियामा

२०७९, २ आश्विन आईतवार

सिड्नी– सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमामा आधारिता फिल्म नालापानीको विशाल प्रदर्शन अस्ट्रेलियामा यसै साता हुने भएको छ।

नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरको नेतृत्वमा भएको युद्धकथाबारेको फिल्मलाई सिड्नीमा प्रदर्शन गर्न लागिएको हो।

एमसन इन्टरटेनमेन्ट, ग्रिन हिल्स इन्टरटेनमेन्ट, आरकेएस अस्ट्रेलिया, अर्विट अस्ट्रेलिया ग्रुपको आयोजनामा हुन लागेको प्रदर्शन भव्य हुने अपेक्षा रािखएको छ। एमसन इन्टरटेनमेन्टका प्रमुख भानुप्रतापका अनुसार नेपाली इतिहासलाई पर्दामा जीवन्त उतारिएको फिल्मले सोही समयमा फर्काउनेछ।

चलचित्र विकास बोर्डले दुई वर्ष अगाडि फिल्मलाई विशेष घोषित गरिसकेको छ। बलभद्र कुँवर र उनका ६०० सेनाले नालापानी युद्धमा कसरी साहस र बहादुरी देखाए भन्ने कुरा जीवन्त देखाइएको फिल्मले मनोरञ्जनका साथै इतिहासलाई पर्दापण गरेको भानुप्रताप बताउँछन्।

२४ सेप्टेम्बर शनिबारका दिन २ः४५ मा प्रदर्शन गरिन लागेको फिल्म हेर्नका लागि अस्ट्रेलियामा रहेका १२ बर्षसम्मका बालबालिकालाई कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";