मेयर बालेनको एउटा स्ट्याटसले बलिउड हल्लियो, ‘आदीपुरुष’ सच्चियो

२०८०, १ असार शुक्रबार

काठमाडौं– मेयर बालेन साहको एउटा फेसबुक स्ट्याटसमा दिइएको चेतवानीपछि शुक्रबारबाट विश्वभर रिलिज हुन लागेको बहुप्रतिक्षित फिल्म ‘आदीपुरुष’ले विवादीत डाइलगमा समावेश गरिएको त्रुटी सच्याएको छ।

उक्त फिल्ममा समावेश गरिएको ‘भारतकी छोरी सीता’ भन्ने डाइलगमाथि आपत्ति जनाउँदै मेयर बालेनले उक्त विषय नेपालमा मात्र नभई विश्वभर प्रदर्शन गरिने फिल्मबाट नै नहटाए काठमाडौं महानगरमा हिन्दी फिल्ममा प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए।

भारतीय अखबार टाइम्स अफ इन्डियाका अनुसार रामायणकालीन समयदेखि नै सीता नेपालमा जन्मिएको तथ्यलाई फिल्मका निर्माताले स्वीकार गर्दै उक्त त्रुटी सच्याइएको छ।

नेपालको सेन्सर बोर्डले उक्त दृश्यमा बिप लगाउन मात्र भने पनि बालेनले फिल्मबाट नै हटाउनका लागि चेतावनी दिएका थिए। उनको चेतावनीयुक्त स्ट्याटस लाखौंले हेरिसकेको र सेयर भएपछि फिल्म प्रदर्शन गर्दा सुरक्षा खतरा हुने देखिएको भन्दै बिहानी शोहरु प्रदर्शनमा रोक लगाइएको थियो।

दक्षिण भारतीय चर्चित अभिनेता बाहुबली स्टारकास्ट प्रभाष रहेको उक्त फिल्मलाई बहुप्रतिक्षित भनी चर्चा गरिएको थियो। उक्त फिल्मले प्रदर्शनअघि नै ठूलो रकम आर्जन गरिसकेको समाचारहरुमा आएका थिए।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";