भुवन केसीसँग १० करोडको मुद्दा जितेपछि भावुक बनिन् साम्राज्ञी

२०८०, २८ असार बिहीबार

काठमाडौं– अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले १० करोड क्षतिपूर्ति माग गरेको मुद्दामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले जितेकी छन्।

गाली बेइज्जती मुद्दा जितेपछि अभिनेत्री शाह भावुक बनेकी छन्। उनले मुद्दा जितेकोमा प्रतिक्रिया दिँदै कानुन व्यावसायीलाई धन्यवाद दिएकी छन्।

‘हामीले अन्ततः यो लडाइँ जितेका छौँ। अब म शान्तिको सास फेर्न सक्छु र जीवनमा फेरि अघि बढ्न सक्छु’, उनले भनेकी छन्।

साम्राज्ञीको पक्षमा कानुन व्यवसायीहरू दिनेश त्रिपाठी, अशांकन मल्ल, राष्ट्र तिमल्सिना, धृष्टि दाहाल र जयलाल भण्डारीले बहस गरेका थिए । आफ्ना लागि बहस गरिदिने, समर्थन गर्नेहरूलाई धन्यवाद दिँदा साम्राज्ञी भक्कानिइन्। तीन बर्षपछि जिल्ला अदालत काठमाडौंले यस मुद्दामा फैसला सुनाएको थियो।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";