विद्यार्थीको ‘रगत चुस्ने’ कांग्रेस सांसदले मागे दुई मन्त्रीको राजीनामा, संसदमा कफन कहिले बाँध्ने?

२०८०, १० श्रावण बुधबार

काठमाडौं– डाक्टर पढ्ने नेपाली विद्यार्थीलाई दबाबमा राख्ने नेपाली कांग्रेसको सांसद सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेका छन्।

राजीनामा नगरे कफन बाँधेर संसदमा बस्ने घोषणा गरेका उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फर्केपछि अनशन बस्ने चेतावनी दिए। सुन प्रकरणको अनुसन्धानमा सघाउनका लागि गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने उनको भनाई थियो।

तर, उनी आफैं एक मेडिकल माफियाका रुपमा परिचित मात्र छैनन्, कालोमोसो दलिएका, पुत्ला जलाइएका व्यक्ति हुन्। नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज र नेपालगञ्ज मेडिकल कलेजमा उनको लगानी शंकास्पद छ। उनले कांग्रेस नेता शेखर कोइराला र माओवादी नेता बर्षमान पुनको रकम प्रयोग गरी नोबेल मेडिकल कलेज चलाएको हल्ला थियो।

लेटाङ मोरङका सामान्य व्यक्ति शर्माको दुई दशकभित्रको अर्बौंको सम्पत्ति नै शंकास्पद रहेको छ। नोबेल मेडिकल कलेज हडप्नका लागि उनले संस्थापक मध्यका एक ज्ञानेन्द्र गिरीको माओवादी लगाएर अपहरण गराएका थिए भने ज्ञानेन्द्र कार्कीलाई हटाउने षडयन्त्रमा सफलता पाएका थिए।

नोबेल मेडिकल कलेज अहिले पनि विभिन्न व्यक्तिको गलत उपचार गरी मृत्यु भएको विषयमा विवादमा आउने गरेको छ। एउटा भिडिओ त उनले मेडिकल पढ्ने विद्यार्थीलाई हप्काएको कारण चर्चामा थियो। उनै सुनिल शर्मा अहिले सुनकाण्डमा हिरो बन्ने रहरले मन्त्रीको राजीनामा मागिरहेका छन्। सरकारले उनको सम्पत्ति छानबिन गर्ने तयारी गरेपछि पपुलिष्ट बन्न उनले यस्तो हर्कत देखाएको बताइन्छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";