भावनालाई घुस लिएको आरोप लाग्यो अनि राजीनामा गरिन्

२०८०, २६ मंसिर मंगलवार

काठमाडौं– २ लाख रुपैंया घुस लिएको आरोप लागेपछि जनप्रतिनिधि भावना श्रेष्ठले राजीनामा गरेकी छन्। पोखरा महानगरपालिकाको न्यायीक समितिबाट उनले राजीनामा गरेकी हुन्।

पोखरा वडा नम्बर २६ को विजयपुर स्थित घडेरीको विवाद मिलाइदिने भन्दै श्रेष्ठले २ लाख लिएको सार्वजनिक भएको थियो। उनी पोखरा–९ की वडा सदस्य हुन्।

रुपा गाउँपालिकाका कर्मचारी रविनकुमार श्रेष्ठको जग्गा विवाद न्यायिक समितिमा छ। श्रेष्ठले उपमेयर मन्जुदेवी गुरुङलाई समेत रकम दिनुपर्ने बताएकी थिइन्। गुरुङले उक्त आरोपको खण्डन गरेकी छिन्।

विवादित भएपछि पोखरा वडा नम्बर ९ की वडा सदस्य श्रेष्ठले न्यायिक समितिबाट राजीनामा दिएकी थिइन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";