एनआरएनए अस्ट्रेलिया चुनावः युवा पुस्ताबीच पौडेलले पक्रिएको पदचाप

२०८०, ५ श्रावण शुक्रबार

सिड्नी– भनिन्छ नि– युवावस्थामा हामी सिक्छौं; उमेर मा हामी बुझ्छौं। सिक्ने र सिकाईको लयलाई गति दिइरहेका छन्, अस्ट्रेलियाको न्युकास्टलवासी प्रवेश पौडेल। युवा शक्ति सम्पूर्ण विश्वको साझा धन भनेजस्तै उनी गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाका एक ‘कोहिनुर’ बन्ने गतिमा छन्।

अध्ययन, अनुभव र योदानका हिसाबमा उनको यो यात्रा संस्थागत रुपले नै अगाडि बढ्ने क्रममा छ। यहि अनुक्रममा उनी २९ जुलाईमा हुने एनआरएनए अस्ट्रेलियाको निर्वाचनमा युवा फोरमकै नेतृत्वपंक्तिको ताकमा रहेकाले सचिव पदको उम्मेदवार बनेका हुन्।

एनआरएनए राष्ट्रिय युवा फोरमको सचिवमा पौडेलले उम्मेदवारी दिएका छन्। अध्ययनका लागि उनी अस्ट्रेलिया आएका थिए। युवा पुस्तामा अनेक क्षमताका अब्बल परिचय स्थापित गरेका पौडेलले बिजनेस र एकाउन्टेनमा दुई विषयमा स्नात्तकोत्तर सकिसकेका छन्।

हाल बैंकिङ क्षेत्रमा आबद्ध रही व्यक्तिगत जीवनसँगै सामाजिक काममा समय खर्चिने उनी युवापंक्तिका लागि एक उदाहरण पात्रका रुपमा स्थापित हुने लयमा छन्।

एनआरएनए अष्ट्रिेलियाको टाक्स फोर्समा काम गरिसकेका पौडेल ‘नेप्लीज कम्युनिटी अफ न्यूक्यास्टल’का संस्थापक सह–सचिव र निवर्तमान सचिवको जिम्मेवारीमा सफल भएका थिए।

नेपाली समुदायका हरेक गतिविधिमा साथ दिने देखि विशेष गरी युवा र विद्यार्थी केन्द्रित योजनासहित उनी एनआरएनए युवा फोरमको सचिवका लागि मैदानमा उत्रिएका हुन्। भन्छन्,‘सबैतिर परिवर्तनका संवाहक युवा पुस्ता नै हुन्। एनआरएनएमा पनि युवाको भूमिका बलियो भएकाले नै यस्ता फोरमक गठन भएका छन् र हामीले स्थान पाएका छौं। सचिव पदमा मेरो दाबेदारीसहितको उम्मेदवारी छ’, पौडेल भन्छन्।

अस्ट्रेलियामा राष्ट्रिय युवा सम्मेलन गरेर सम्पूर्ण युवा र विद्यार्थीलाई एकताबद्ध बनाएर काम गर्ने, स्वरोजगार, आत्मनिर्भर बनाउने, युवाको सुन्दर भविष्यसँग जोडिएका सवाल र मानसिक स्वास्थ्यलगायतका क्षेत्रमा उनले सकारात्मक उर्जाका साथ काम गर्ने लक्ष्य तय गरेका छन्।

सम्भावना र भविष्यको सुन्दरतालाई सँधै आत्साथ गरेका पौडेल ‘सुन्दरता हेर्ने क्षमता भएकाले युवा खुसी छन्। जसले सुन्दरता देख्ने क्षमता राख्छ ऊ कहिल्यै बूढो हुँदैन’ भन्ने ठान्छन्। कतिपयले भने उनको यहि सोच र क्षमताले नै लोकप्रिय मत पाउने प्रक्षेपण पनि गरिसकेका छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";