इन्जिनियर पोखरेल प्रहरी नियन्त्रणमा, उच्च अदालतले दिएको थियो पक्राउ नगर्न अन्तरिम आदेश

२०८०, १२ श्रावण शुक्रबार

काठमाडौं– मध्य पहाडी लोकमार्गका आयोजना निर्देशक हरिकुमार पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जबरजस्ती करणीको आरोपमा पोखरेल त्रिपुरेश्वरबाट प्रहरीको नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बलात्कार आरोप लागेपछि पोखरेल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयबाटै सम्पर्कविहीन भएको बताइन्छ। तर, उनलाई उच्च अदालत पाटनले पक्राउ नगर्नका लागि अन्तरिम आदेश दिएको थियो।

न्यायाधीश जनक पाण्डेको एकल इजलासबाट ‘फौजदारी प्रकृतिको विवादमा कानुनबमोजिम जाहेरी लिई कारबाही गर्नुपर्ने प्रकृतिको दायित्वको विषयमा बाहेक निवेदक र विपक्षीबीचको देवानी प्रकृतिको व्यक्तिगत सम्बन्धको विवादको विषयलाई लिएर निवेदकलाई पक्राउ नगर्नू नगराउनू’ भनी अन्तरिम आदेश जारी भएको थियो।

पोखरेलको पारिवारिक स्रोतले भने हनि ट्रयापमा पारेर फँसाइएको दाबी गरेको छ। जाहेरीकर्ता महिला पोखरेलको घरमा आठ महिनासम्म घरेलु कामदार बनेकी थिइन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";