मुस्ताङमा प्रचण्ड

२०८०, १ कार्तिक बुधबार

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरला नाका, मुक्तिनाथ मन्दिर र कागबेनीको अवलोकन गरेका छन्। उनी बिहानै मुस्ताङ पुगेका हुन्।

राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी अन्तक्रिया कार्यक्रममा सहभागी हुन प्रचण्ड बिहानै मुस्ताङ गएका हुन्।

नेपाली सेनाको हेलिकोप्टरमार्फत प्रधानमन्त्री मुस्ताङ पुगेका मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";