टान अध्यक्षमा बास्तोला निर्वाचित, यस्तो छ कार्यसमिति

२०७९, ३१ श्रावण मंगलवार

काठमाडौं– ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा निलहरि बास्तोला निर्वाचित भएका छन्। सोमबार राती सम्पन्न भएकोे ४४औँ वार्षिक साधारणसभा एवं निर्वाचनबाट ६१६ मतप्राप्त गरी बास्तोला विजयी भएका हुन्।

कार्यसमितिमा बास्तोलाको प्यानलै बिजयी भएको छ। उनका प्रतिस्पर्धी रामप्रसाद सापकोटाले २६४ मत पाए।

टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा (बाबु), सचिवमा होमनाथ भट्टराई र कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना, सहकोषाध्यक्षमा छिङ दोर्शी शेर्पालाई व्यावसायीले निर्वाचित गरेका छन्।

सजना त्रिपाठी महिला सदस्यमा चुनिँदा खुला सदस्यहरूमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा र कृष्णबहादुर परियार निर्वाचित भएका थिए।

एक हजार ८६० व्यावसायी आवद्ध टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्य समितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";