लाहान यातायातमा रोकिएन दाहालको ब्रम्हलुट, ५ करोडको असुलीधन्दाका यी हुन् खेलाडी 

२०७९, १० आश्विन सोमबार

लाहान– सिरहाको लहानस्थित यातायात कार्यालयका कम्प्युटर अधिकृत विजय दाहालको ब्रम्हलुट जारी छ। लाईसेन्स विक्रि वितरणबाट दाहालले मासिक ५ करोड बढि असुल्दै आएको बताइन्छ।

दाहालको सवारी चालक अनुमती प्रमाणपत्र विक्रि वितरण धन्दामा कार्यालय प्रमुख कुशेश्वर साह, ईञ्जिनियर रामानन्द साह, प्रेम कार्की तथा बिचौलियाहरू राजेश साह, जयप्रकाश साह (जेपी), शिवनारायण यादव र नन्दन खेतानलगायतको प्रत्यक्ष संलग्नता हुँदै आएको छ।

स्रोतका अनुसार सागरमाथा लेखापढी संघका अध्यक्ष राजेश साहले बिचौलियाहरूमार्फत सेवाग्राहीको लाईसेन्स फर्म संकलन गर्छन् र प्रत्येक सेवाग्राहीसँग अनाधिकृत रूपमा रकम असुल्छन्।

स्रोतका अनुसार मोटरसाइकल बर्ग ‘ए’को लाईसेन्स बनाउन आएका प्रत्येक सेवाग्राहीसँग संघका अध्यक्ष राजेशले १२ हजार ५ सय रूपैयाँका दरले रकम असुल्दै आएका छन्। जबकी मोटरसाइकलको लाईसेन्स बनाउन सरकारले ‘ईन्ट्री फि’बापत ५ सय र लाईसेन्स कर १५ सय रूपैयाँ मात्रै तोकेको छ।

त्यस्तै तीन चक्के बर्ग ‘सी’ टेम्पोलगायतको सवारी चालक अनुमती प्रमाणपत्रका लागि सरकारले ईन्ट्री फिबापत ५ सय रूपैयाँ र लाईसेन्स कर २ हजार रूपैयाँ तोके पनि अध्यक्ष राजेशले यस बाहेक २० हजार रूपैयाँ बढि असुल उपर गर्दै आएको सेवाग्राहीहरूको दाबी छ।

सानो चार चक्के जिप तथा कार बर्ग ‘बी’को लाईसेन्सको ट्रायल पास गर्न अनधिकृत रूपमा राजेशले ३० हजार र लिखित परीक्षा पास गर्न २ हजार रूपैयाँ असुल्दै आएका छन्।

मिनि बस मिनि ट्रक बर्ग ‘एफ’ तथा हेबी बर्ग ‘जी’ ट्रक बस र लहेरी सवारी चालक अनुमतीपत्रका लागि राजेशले अनाधिकृत रूपमा ३० देखि  ४० हजार रूपैयाँ असुली गरिदै आएको स्रोतको दाबी छ।

बर्ग ‘जे वान’ , बर्ग ‘जे टु’ र बर्ग ‘थ्री’ हेबी इक्युपमेन्ट मेशिनहरूको चालक अनुमती प्रमाणपत्रका लागि प्रत्येक सेवाग्राहीसँग राजेशले ५० देखि ६० हजार रूपैयाँसम्म अनाधिकृत रूपमा असुल्ने गरेको पीडितले बताएका छन्।

यसरी अनाधिकृत रूपमा असुलेको रकमबाट केही कट्टा गरी जयप्रकास साह ( जेपी )बाट दाहालले बुझ्दै आएका छन्।

मोटर साईकलको सवारी चालक अनुमतीपत्रका लागि दाहालले जयप्रकाश साहमार्फत् प्रत्येक सेवाग्राहीको फारमबाट प्रयोगात्मक परीक्षा पास गराउन १० हजारका दरले र लिखित परीक्षा पास गर्न २ हजार गरि १२ हजार रूपैयाँ बुझ्ने गरेका छन्।

त्यस्तै तीन पाङ्ग्रे सवारी साधनको पनि प्रयोगात्मक परीक्षा पास गरेवापत १० र  लिखित परीक्षा पास गरे बापत २ गरि कम्प्युटर अधिकृत दाहालले १२ हजार रूपैयाँ जयप्रकाश मार्फत बुझ्दै आएका छन्। सवारी साधन चालक अनुमतीपत्र वितरण शाखाका एक कर्मचारीका अनुसार दाहालका मुख्य बिचौलिया नै जेपी भनिने जयप्रकाश हुन्।

त्यस्तै बर्ग ‘बी’अन्तर्गत पर्ने कार, जिप तथा डेलिभरी भ्यानको प्रयोगात्मक (ट्रायल) पास गरेको २० हजार र लिखित परीक्षावापत २५ सय गरि २२ हजार ५ सय रूपैयाँका दरले दाहालले बुझ्दै आएका छन् भने बर्ग ‘एफ’का लागि प्रयोगात्मक परीक्षा पास गरेको २५ हजार रूपैयाँ का दरले लिन्छन्।

बस , ट्रक तथा लहरी बर्ग ‘जी’को प्रयोगात्मक परीक्षा पास गर्न दाहालले २५ हजार लिने गरेका छन्। हेबी इक्युपमेन्ट मेशिन बर्ग ‘जे वान’, ‘जे टु’ र ‘जे थ्री’ चालक अनुमती प्रमाणपत्रको प्रयोगात्मक परीक्षा पास गर्न २५ र लिखित परीक्षा पास गर्न ५ हजार गरि ३० हजार रूपैयाँका दरले एकमुस्ट बुझ्ने गरेको बताईन्छ।

त्यस्तै बर्ग ‘ई’अन्तर्गत पर्ने ट्«याक्टर चालक अनुमती प्रमाणपत्रका लागि प्रयोगात्मक परीक्षा पास गर्न १० हजार रूपैयाँ दाहालले बुझ्ने गर्छन र बर्ग ‘के’ अन्तर्गत स्कुटर चालक अनुमती प्रमाणपत्रका लागि पनि दाहालले १५ देखि २० हजार रूपैयाँ लिने गरेको स्रोतले जनाएको छ।

यातायात कार्यालय लहानका अनुसार साप्ताहिक रूपमा हुने प्रयोगात्मक र लिखित परिक्षामा सहभागी मध्ये ६० प्रतिशतसम्म उत्तीर्ण गर्ने गरिएको छ। यो भनेको साप्ताहिक २ सय ५० देखि ५ सय जनासम्म उत्तीर्ण हुनु हो।

राजेशलाई अनाधिकृत रकम नबुझाए परिक्षामा सहभागीहरूलाई नियोजित रूपमा अनुत्तिर्ण गरिदै आईएको छ ।

एक सेवाग्राहीले भने,‘लाईसेन्सका लागि फारम लिएर सिधै दाहालकोमा गए राजेश साहमार्फत आउनु भनेर सेवाग्राहीलाइ फर्काउने गर्छन्।’

मासिक ५ करोडबढी पैसा असुल्छन् दाहाल!

कम्प्युटर अधिकृत दाहालले चालक अनुमती प्रमाणपत्र बनाउन मासिक ३ देखि ५ करोड रूपैयाँसम्म अनाधिकृत रूपमा असुल्दै आएको प्रमाण फेला परेका छन्।

गत बर्षको चैत महिनामा दाहालले बिचौलिया जयप्रकाश साह (जेपी) मार्फत अनाधिकृत रूपमा  २ करोड ८४ लाख रूपैयाँ लिएका थिए।

लिस्ट यहाँ छ

प्राप्त लिस्टअनुसार गएको चैत महिनामा कार जिपको ५ सय ८४ ओटा सवारी चालक अनुमती प्रमाणपत्र बनाएवापत दहालले १ करोड १६ लाख ८० हजार रूपैयाँ बुझेका थिए।

मोटर साईकलको १ हजार लाईसेन्स बनाएवापत दाहालले १ करोड रूपैयाँ अनाधिकृत रूपमा असुलेको देखिन्छ।

त्यस्तै, टेम्पोको १ सय २३ ओटा लाईसेन्स बनाएको दाहालले १२ लाख ३० हजार, मिनि बस र हायसको ५० ओटा लाईसेन्स बनाएको १० लाख रूपैयाँ दाहालले बुझेका थिए।

हेबी ट्रक बसको १ सय ओटा लाईसेन्स बनाएका दाहालले २५ लाख लिएका थिए। त्यस्तै जेसिबि, रोड लोडरको ५० ओटा लाईसेन्स बनाएवापत दाहालले १५ लाख गरि गएको चैत महिनामा मात्रै २ करोड ८४ लाख १० हजार रूपैयाँ लिएको तथ्यांकले देखाउँछ।

सवारी चालक अनुमती प्रमाणपत्र वितरण शाखाका एक कर्मचारीका अनुसार लाईसेन्स बनाएवापत कम्प्युटर अधिकृत दाहालले मासिक ३ देखि ५ करोड भन्दा बढि रकम बिचौलियाका नाईके जेपी मार्फत बुझ्दै आएका छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";