प्रदेश एकको महिला भलिवल खेल झापाको दमकमा शुरु, सदस्य सचिवद्धारा उद्घाटन

२०७९, ३१ भाद्र शुक्रबार
दमक- प्रदेश एक स्तरिय महिला भलिवलको उद्भाटन खेल झापाको दमकमा बुधबार आयोजना भएको छ । प्रदेश नम्बर एक खेलकुद विकास बोर्डका सदस्य  सचिव ंहंशराज वाग्लेले महिला भलिवलको उद्भाटन गरे । उद्घाटन पछि झापाको दमकमा तीन खेल भएका थिए भने झापाकै कमल गाउँपालिका स्थित पाडाजुँगीमा तीन खेल सम्पन्न भएका थिए ।
दमकमा भएको संखुवासभा र पाँचथर बिच भएको खेलमा संखुवासभाले सोझो सेटमा जित हासिल गर्यो । पाचथर दुवै खेलमा ११ अंकमा सिमित भयो ।
त्यसैगरी तेह्रथुम र इलाम बिच भएको दोस्रो छनौट खेलमा तेह्रथुमले सोझो सेट जित हासिल गर्यो । इलामले पहिलो खेलमा १७ र दोस्रो खेलमा १९ अंक ल्याएको थियो । झापाको दमकमा भएको तेस्रो खेलमा झापा र संोलुखुम्बुका बिच भएको थियो । उक्त खेलमा झापाले सोलुखुम्बुलाई सोझो सेटमै पराजित गर्यो । सोलुले पहिलो सेटमा १७ अंक ल्यायो भने दोस्रोमा २३ अंक ल्याउन सफल भएको थियो ।
कमल गाउँपालिकाको पाडाजुगीँमा भएको अर्को खेलमा ओखल्ढुगां खोटाङ्ग र उदयपुरले जित हासिल गरेका छन् । ओखल्ढुगाँ र धनकुटा बिच भएको खेलमा ओखल्ढुगाले जित हासिल गरेको थियो भने खोटाङ्ग र ताप्लेजुङ्ग बिच भएको खेलमा खोटाङ्ग र सुनसरी र उदयपुर बिच भएको अर्को खेलमा उदयपुरले जित हासिल गरेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";