प्रदेश एकको फुटवलमा सुनसरी, मोरङ्ग, धनकुटा र झापा विजयी 

२०७९, ३१ भाद्र शुक्रबार
इटहरी – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि भएको प्रदेश एक छनौटको महिला फुटवल तर्फ विहिबारको खेलमा सुनसरी, मोरङ्ग, धनकुटा र झापा जिल्लाले जित हासिल गरेका छन् ।
सुनसरीको इटहरी रंगशालामा भएको प्रदेश छनौट फुटवल प्रतियोगिताको बिहिबारको पहिलो खेलमा इलामलाई १ को विरुद्ध २ गोल गर्दै सुनसरीले जित निकालेको छ ।
खेल शुरु भएको ४ मिनेटमै सुनसरीको लागि जर्सि नम्बर ९ कि खेलाडी तिर्सना मगरले एक गोल गर्न सफल भएकी थिइन भने सुनसरीको लागि दोस्रो गोल दोस्रो हाफको २३ औँ मिनेटमा जर्सि नम्बर १३ कि आसिका बोहराले गरीन ।
इलामको तर्फबाट दोस्रो हाफको ४ मिनेटमा जर्सि नम्बर ८ कि खेलाडी जेनिफेयर रानाले गरेकि थिइन ।
यस्तै गरी बुधबारको दोस्रो खेलमा मोरङ्ग जिल्लाको महिला फुटवल टिमले भोजपुरलाई ३ गोल गरेको थियो भने भोजपुरले १ गोल फर्काउन सफल भएको  थियो । यता अर्को खेलमा धनकुटाले पाँचथरलाई ५ को विरुद्ध ६ गोल हान्यो । खेलको निर्धारित समय सम्म एक एक गोलबो बराबरीमा रहेका धनकुटा र पाँचथरको खेल ट्राइबेकरमा पुगेको थियो आठ आठ गोलको ट्राइबेकरमा धनकुटाले ६ गोल गर्यो भने पाँचथरले ५ गोलमात्रै गर्न सफल भएको थियो ।
यता झापा र सोलुबिच भएको बुधबारको अन्तिम खेलमा झापाले सोलुलाई ० को विरुद्ध ४ गोलले पराजित गरेको थियो । बिहिबारको खेल धनकुटा भर्सेज उदयपुर, झापा भर्सेज खोटाङ्ग, संखुवासभा भर्सेज मोरङ्ग र ताप्लेजुङ्ग भर्सेज सुनसरीका बिच हुने फुटवल तर्फका संयोजक दिलिप राईले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";