प्रदेश एक स्तरिय टेवल टेनिसमा महिला तर्फ सुनसरीको बर्चश्व, पुरुषमा मोरङ्ग

२०७९, १ आश्विन शनिबार
इटहरी – भदौँ २९ गतेबाट सुनसरीको इटहरी स्थित टिटि कभर्डहलमा भएको प्रदेश एक स्तरिय टेवल टेनिस प्रतियोगितामा सुनसरीले आफ्नो बर्चश्व देखाएको छ ।
आगामी २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्टिय खेलकुद प्रतियोगिताको लागि भएको छनौट खेलमा पुरुष सिंगल तर्फ मोरङ्गका बोधित डिसिले स्वर्ण पदक पाएका छन् भने सुनसरीका सिदार्थ तामाङ्गले रजत पदक र सुनसरीका अनमोल केसी र मोरङ्गका रोशन श्रेष्ठले कास्य पदक जितेका छन् ।
यस्तै महिला एकल प्रतियोगितामा पाँचै जना खेलाडी सुनसरी जिल्लाका छन् । बुधबार देखि भएको खेलमा महिला तर्फ सुनसरीकी अन्जली ठाकुरले स्वर्ण, दिक्षा दाहालले रजत र सोनम ठाकुरले कास्य जितेका छन् । यसैगरी रुपा लिम्बु चौथो र सुलेखा ठाकुर पाँचौ बनेका छन् ।
बिभिन्न पदक पाएर प्रदेश बाट छनौट भएका खेलाडीहरुलाई शुक्रबारै एक कार्यक्रमको आयोजना गरी प्रदेश खेलकुद विकास बोर्डका सदस्य शैलेश कुमार विष्टले मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका छन् । विजेता खेलाडीहरुको नाम लिष्ट प्रदेश खेलकुद बोर्डमा पठाइने र नवौँ राष्टिय खेलकुद प्रतियोगिताको लागि बन्द प्रशिक्षणको आयोजना हुने इटहरी टेवल टेनिस एकेडेमीका प्रिसिडेन्ट राजेश भट्टराईले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";